सरकारबाट जनताले आशा गर्ने कुनै ठाउँ छैन :पूर्व प्रधानमन्त्री डा भट्टराई

खबरपथ संवाददाता
२३ चैत्र २०७५, शनिबार १९:०१

२३ चैत्र , बुटवल। नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराई नेकपा नेतृत्वमा बनेको दुई तिहाईको सरकारबाट जनताले आशा गर्ने कुनै ठाउँ नभएको बताउनुभएको छ । सरकार बनेको एक वर्षभन्दा बढी भएसक्दा समेत जनताका पक्षमा कुने काम गर्न नसेकोले यो सरकारबाट आशा गर्नु व्यर्थ हुने दावी गर्नुभयोे ।
मगर राष्ट्रिय परिषद नेपालको दो्रसो संघीय भेलाको आज बुटवलमा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई भन्नुभयो, ‘हदेलो भनेपछि अब कोटटाई राख्नु पर्दैन । यो सरकारको के गर्छ भन्ने लक्षण देखियो । काम गर्न नसक्ने भएपछि विकास विकास बजेट घटायो । राजश्व संकलन लक्ष्य घटायो । भ्रष्टचारमा डुब्यो । अब यो सरकारबाट के आशा गर्ने उहाले थप्नुभयो, ‘यो सरकारको काम देखेर राष्ट्रिय जनता पार्टी पनि सरकारबाट बाहिरियो । संघीय समाजवादी फोरम पनि त्यही बाटोमा छ । केही गर्छ कि भन्ने सबैको आशा सरकारले गलत सावित ग¥यो ।’
संयोजक भट्टराईले विप्लव नेतृत्वको माओवादीले लिएको बाटो पनि सही नभएको बताउनुभयो । उहाले अब नेपालमा संघर्ष आवश्यक नभएको भनाइ राख्नुभयो । ‘अब संघर्ष जनयुद्ध भन्ने विप्लवले आवश्यक छैन’ भट्टराईले भन्नुभयो ‘देशमा विदेशी आक्रमण भयो भने, सेनाले सत्ता हातमा लियो भने । संघर्ष गनुपर्छ । चुप लागेर वस्नुपर्छ भन्ने होइन । अहिलेको अवस्था समृद्धि भएकाले त्यही बाटोमा सबै हिडनुपर्छ । हिंसाको बाटो आवश्यक छैन ।’
उहाले सत्ताको चस्नी खाएर अधिकार प्राप्त हुन नसक्ने बताउनुभयो । उशाले भन्नुभयो, ‘हातमा चिचि पनि पापा पनि भनेर अधिकार आउदैन । विकल्प रोज्नुपर्छ । सत्तमा पनि बस्ने पछाडि परेका वर्गहरुको अधिकारका लागि लडछु पनि भन्ने कुरा सम्भव छैन ।’
उहाले मगर र थारु समुदाय पछाडि परेको भन्दै अब सबैसँग सहकार्य गरेर अधिकारका लागि दवावमूलक कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । देशको सबैभन्दा ठूलो संख्यामा रहेको थारु र मगरहरु सबै क्षेत्रबाट पछाडि परेको पूर्व प्रधानमन्त्री भट्टराईको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*