सैनामैना प्रिमियर लिग सुरु , सुनगाभा र सरौंलीको बिजयी सुरुवात

खबरपथ संवाददाता
२३ चैत्र २०७५, शनिबार २०:३०

२३ चैत्र, सैनामैना ।

रुपन्देही जिल्लामा सैनामैना प्रिमियर लिग क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । स्टार स्पोट्स युवा क्लबको आयोजनामा सैनामैनाको लम्टियामा आजदेखि सुरु भएको क्रिकेट प्रतियोगितामा दुधराक्ष वारियर्सलाई ५ विकेटले हराउँदै सुनगाभा च्याम्प बिजयी भएको छ । टस हारेर पहिले ब्याटिङ्गको मौंका पाएको दुधराक्षले २० ओभरमा ९ विकेट गुमाएर ११५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । दुधराक्षका मनिष खत्रीले ३६ रन जोड थिए भने विवेक पन्थले ३ विकेट लिएका थिए ।

११५ रनको लक्ष्य पाएको सुनगाभाले १९ ओभरमा ५ विकेटको क्षतीमा लक्ष्य प्राप्त गरेको थियो । सुनगाभाका अंकित परियारले ४५ र सुजल सुनारले ३५ रन जोडे । अंकिर परियारले छक्का हान्दै मस्ट सिक्सेस अवार्ड बनेका छन । चिन्त , सुसिल र सुमनले २ –२ विकेट लिएका थिए । त्यसै गरी खेलको गेम जेन्जरको अवार्ड सिजल सुनारले हात पारेका थिए । आजको पहिलो खेलको म्यान अफ्द म्याच अंकित परियार घोषित भएका छन ।

आज नै भएको दोश्रो प्रतियोगितामा सैनामैना नाईटराईर्डसलाई ५५ रनले हराउँदै सरौंली स्टारस क्लब बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग रोजेको सरौंलीले २० ओभरमा ८ विकेटको क्षतीमा १३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सरौंलीका बसन्त खड्काले ३८ , विश्वास खत्रीले ३३ रन जोड्न सफल भए । सैनामैना नाईटराईर्डसका निरज खनाल , लक्की पाईजा मगर र विशाल खड्काले २–२ विकेट लिएका थिए । सैनामैना नाईटराईर्डसले १७.३ बोल ओभर खेल्दै सबै विकेट गुमाउँदै ८१ रनमा सीमित भयो । जसमा धन बहादुर खातीले २१ रनको योगदान रह्रयो । सरौंली स्टारको तर्फबाट सरोज , विकाश , सिषिरले २–२ विकेट लिए । खेलको म्यान अफ्द म्याच बसन्त खड्का , मस्ट सिक्सेस सरोज पौडेल, गेम चेज्जर विशाल खत्री बन्न सफल भएका छन ।

आईतबारको पहिलो खेल सुनगाभा च्याम्पस र आरटि गुप्र झारबैराको बिचमा हुने छ भने दोश्रो खेल सरौंली स्टार र द रिभाईबलियनका बिचमा प्रतियोगिता हुने प्रतियोगिताका सिईयो कृष्ण भण्डारीले जानकारी दिए । प्रतियोगिताको प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । चैत्र २९ गतेसम्म सञ्चालन हुने प्रिमियर लिगमा नगरपालिका भित्रका ६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार , दोश्रोले २१ हजार सहित शिल्ड , मेडल प्रमाणपत्र पाउँने आयोजकले बताएको छ । प्रतियोगिता बिहान ८ बजेदेखि सुरु हुने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*