बुटवलका डाक्टरद्वारा बझाङ्मा निःशुल्क स्वास्थ्य शिबिर

खबरपथ संवाददाता
२६ चैत्र २०७५, मंगलवार २१:२०

२६ चैत, बुटवल । बुटवलको चिकित्सकले हिमाली जिल्ला बझाङ्को छान्नाखप्तडमा निःशुल्क स्वास्थ्य शिबिर गरेका छन् । रामप्रसाद स्मृति प्रतिष्ठानको आयोजना र बझाङ्को छान्नाखप्तड गाउँपालिकाको समन्वयमा दुई दिने स्वास्थ्य शिबिर गरिएको हो । उक्त शिबिरबाट २ हजार भन्दा बढी स्थानीय बासीले स्वास्थ्य सेवा लिएका थिए ।

शिबिरमा बुटवलका चिकित्सकहरु नन्दु पाठक, किशोर खत्री, कृष्णप्रसाद खरेल, राजन्द्र बस्याल, सागर पन्थी, हिम श्रेष्ठ, रोजी कार्की, सबिना श्रेष्ठ, विजया केसी, डवल थापा, सुचिता थापा लगायतको टोलीले दुई दिनसम्म छान्नाखप्तडमा रहि बिरामीको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

शिबिरमा हाडजोर्नी, नसा, महिला रोग, बालरोग, जनरल फिजिसीयन, दाँत, आँखा, नाक कान घाँटी लगायतका समस्याको स्वास्थ्य परिक्षण गरिएको डा. कृष्णप्रसाद खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु