नियमति रक्तदाता संघ रुपन्देही र कालिका मानवज्ञान मा.वि.को संयुक्त आयोजनामा रक्तदान
बुटवल । युवा उठौं युवा जुटौं रक्तदानको लागी सबै अगाडी बढौं भन्ने मूलनारा बोकी अगाडी बढेको नियमति रक्तदाता संघ रुपन्देही र कालिका मानवज्ञान मा.वि.को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार कालिका माविको प्रांगणमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख अथिति कालिका मा.वि.का अध्यक्ष नित्यानन्द ज्ञवालीले रक्तदानले विधार्थीहरुलाई मानविय सेवाभावको विकासमा प्रेरणा मिल्ने बताउनुभयो । उहाँले रक्तदान जस्तो अति नै अमूल्यदानले विरामीको ज्यान बच्ने हुँदा नियमित रक्तदाता संघले गरेको अभियानको मुक्तकण्ठले प्रशंसा गर्दे आगामी दिनमा पनि रक्तदान निरन्तर गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रमका विशिष्ठ अथिति नेपाल नियमित रक्तदाता संघका केन्द्रिय बरिष्ठ सल्लाहकार एवं कालिका मानव ज्ञान माविका पूर्व प्रध्यापक बिमल बहादुर शाक्यले नियमित रक्तदाता संघले कुनै पनि विरामीलाइृ रगतको अभाव हुन नदिन प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले नियमित रक्तदाता संघ विभिन्न संघ संस्था, विधालय ,टोलहरु संगको सहयोगमा युवाहरुलाई रक्तदानमा प्रोत्शाहन गर्दे अगाडी बढिरहेको बताउनुभयो । उहाँले मुलकभर धेरै रगतको आवश्यक पर्ने र लक्ष्य अनुसारको रगत संकलन गर्न नसकिएको बताउनुभयो । उहाँले गत दुई आर्थिक बर्षको रगत संकलन र वितरणको अवस्था बताउँदै आर्थिक बर्ष २०७९ /८० मा २ लाख ८१ ह्जार ३ सय १६ यनिट रगत संकलन भएको र ३ लाख ९१ ह्जार ८ सय ५३ यनिट वितरण भएको त्यसैगरी अर्थिक बर्ष २०८०/८१ मा २ लाख ९४ हजार ४ सय ७७ युनिट संकलन भएको र ४ लाख ६ हजार २ सय ७१ इनिट बितरण भएको बताउनुभयो । शाक्यले रगत किन्न नपाईने र कुनै कारखानामा नबब्ने भएकाले हामी सबैले नियमति रक्तदान गर्नुपर्ने बताउनुभयो । नियमित रक्तदाता संघले युवा उठौं युवा जुटौं रक्तदानको लागी सबै अगाडी बढौं भन्ने मूलनारा बोकी निरत्नर रुपमा अगाडी बढेको बताउनुभयो ।
त्यसैगरी विशिष्ठ अथिति कालिका मानव ज्ञान माविका प्राचार्य एवं नियमित रक्तदाता संघका सल्लाहकार दिनेश थापाले विधार्थाीहरुलाई रक्तदान जिवनदान भएकोले रक्तादान गर्नुपर्छ भन्ने शिक्षा प्रदान गर्न यस्ता कार्यक्रमले प्रोत्साहन गर्ने बताउनुभयो ।
त्यसैगरी नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अषेश सिलवालले कार्यक्रमको समापन गर्दे रगतको अभाव हुन नदिन नियमित रक्तदाता सघ रुपन्देही निरन्तर लागी रहेको बताउँदै कार्यक्रममा उपस्थित प्रमुख अथिति विशिष्ठ अथिति, अथिति , रक्तदाता , विधार्थाीहरु लगायत सम्पूर्णमा धन्यवाद ब्यक्त गर्नुभयो ।
नियमति रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अषेश सिलवालको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा शिक्षक अभिभावक संघ कालिका मावि.का अध्यक्ष केशव पोख्रेलले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नियमति रक्तदाता संघका सदस्य दिपक अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा नियमति रक्तदाता संघका प्रेस सल्लाहकार राजेन्द्र रायमाझी ,संघका उपाध्यक्ष भाष्कार शाही लगायत संघका पदाधिकारीहरु, पत्रकार कृष्ण खनाल, कालिका माविका शिक्षक , विधार्थी र रक्तदाताहरुको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा १३९ युनिट रगत संकलन भएको उपाध्यक्ष भाष्कार शाहीले जानकारि दिनु भयो ।