साईबर अपराध बिरुद्ध सचेतना

खबरपथ संवाददाता
२७ चैत्र २०७५, बुधबार २०:२९

२७ चैत, भैरहवा  । बढदो प्रबिधिको बिकास सँगै बढदै गईरहेको साईबर अपराध लाई न्यूउनीकरण गर्ने उद्देश्यले प्रहरी प्रधान कार्यालय काठमान्डौ तथा सामुदाय ‐ जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त तत्वाधानमा साईबर अपराध बिरुद्ध सचेतना कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
कार्यक्रममा साईबर अपराध केन्द्रिय महाशाखा ब्यूउरो प्रमुख नबिन्द्र अर्यालले बढदो प्रबिधी बिकास सँगै महिला तथा बालबालिकाहरु बिभिन्न प्रलोभनमा फसेर साईबर अपराधका शिकार भईरहेको बताए ।
उनले युवाबर्गमा प्रबिधि बिकासको संकटका कारणगत आर्थिक बर्ष एक हजार ९८ फेसबुक साईबर अपराध दर्ता भई नौ जना पक्राउ समेत परेको दाबी गरे । देशै भरिका महिला तथा बालबालिकाहरुलाई साईबर अपराधबाट उन्मुक्ति दिलाउन सर्बप्रथम अभिभावकले जिम्मेवारी निर्बाह गर्न आवश्यक रहेको बरिष्ठ प्रहरी उपरीक्षक अर्यालको भनाई छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोशाईटी रुपन्देहीका उपाध्यक्ष दीपक क्षेत्री न्यौपाने, नमूना एकीकृत बिकास परिषदका अध्यक्ष ज्ञानु पौडेल, लुम्बिनी प्रेस क्लबका सल्लाहकार चेतन पन्त, महासचिव समझना शर्मा , लगायतले मक्तब्य ब्यक्त गरेका थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*