सोरौली स्टर र सुनगाभा च्याम्पस उपाधिका लागि भिड्दै

खबरपथ संवाददाता
२७ चैत्र २०७५, बुधबार २०:५७

२७ चैत्र, सैनामैना । रुपन्देहीमा जारी सैनामैना प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा सुनगाभा च्याम्पस प्रवेश गरेको छ । स्टार स्पोट्स क्लबको आयोजना तथा सैनामैना नगरपालिकाको संरक्षकत्वमा सैनामैना ७ लम्टिया खेल मैदानमा जारी आज भएको सेमिफाइनल खेलमा दुधराक्ष वरिर्यसलार्ई ५ विकेटले हराउदै सुनगाभा च्याम्पस फाइनलको लागि यात्रा तय गरेको छ ।

टस जितेर पहिले फिल्डीङ्ग रोजेको सुनगाभाले दुधराक्ष वरिर्यसलाई व्याटिङ्गका लागि निम्तो दिएको थियो । १७. ३ ओभरमा अलआउट भई ८९ रनको लक्ष्य दुधराक्ष वरिर्यसले प्रस्तुत गरेको थियो । दुधराक्ष वरिर्यसका उदय पन्थले २२ रनको योगदान दिएका थिए । सुनगाभाका बलर रोशन खप्तरीले ३ ओभरमा ४ विकेट लिए भने १० रन दिएका थिए ।

निर्धा्रित ८९ रनको लक्ष्य पछ्याउने क्रममा सुनगाभा च्याम्प १७.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य हासिल गरेको थियो ।

जसको लागि सुनगाभाका सुशिल सपकोटाले ३० रन र सुजल सुनारले नटआउट २४ रनको योगदान दिएका थिए । दुधराक्ष वारिर्यसका तर्फ रञ्जित क्ष्ँेत्रीले ४ ओभर गर्दै ३ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच ३ ओभर गर्दै ४ विकेट लिएका सुनगाभाका रोशन खप्तरी भएका छन् । मस्ट सिक्सेजको अवर्ड शुसिल सपकोटाको पोल्टोमा प¥यो भने गेम चेन्जरको अर्वड सुनगाभाका ओपनर गइ नटआउट खेलेका सुजल सुनारले हात परेका छन् ।

चैत्र २९ गते शुक्रवार उपाधिका लागि सोरौली स्टर र सुनगाभा च्याम्पस बिच बिहान १० बजे भिडन्ता हुने प्रतियोगिताका सिईयो कृष्ण भण्डारीले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार , दोश्रोले २१ हजार सहित शिल्ड , मेडल प्रमाणपत्र पाउँने आयोजकले बताएको छ । सैनामैनन प्रिमियर लिगमा नगरपालिका भित्रका ६ टिमको सहभागिता रहको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*