पाल्पा भैरवस्थान–रुपन्देही परिवार : स्थापना दिवसमा रक्तदान

खबरपथ संवाददाता
२८ चैत्र २०७५, बिहीबार १५:५८

२८ चैत, बुटवल  । ‘पाल्पा भैरवस्थान–रुपन्देही परिवार’को स्थापना दिवसको अवसर पारेर बिहिबार बुटवलमा रक्तदान गरिएको छ । पाल्पाको भैरवस्थानबाट बसाई सराई, व्यापार व्यबसाय तथा रोजगारी र अध्ययनका सिलसिलामा रुपन्देही आई बसोबास गरेकाहरुको संस्था ‘पाल्पा भैरबस्थान–रुपन्देही परिवार’को तेस्रो स्थापना दिवसको अवसरमा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । त्यस अवसरमा संस्थाका पदाधिकारी, सदस्य तथा सुभचिन्तक गरि ३० जनाले रक्तदान गरेको रक्त सञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ ।

नयाँ वर्ष २०७६ को पूर्व सन्ध्यामा आयोजित रक्तदान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै संस्थाका संरक्षक मेघराज कंडेलले संस्थाले लिएको उद्देश्य र लक्ष्य अनुसारका कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गर्दै त्यस्ता कार्यक्रममा आफ्नो तर्फबाट रचनात्मक सहयोग रहिरहने बताउनु भयो ।

त्यस्तै संस्थाका सल्लाहकारहरु हिराप्रसाद श्रेष्ठ, कृष्णप्रसाद नेपाल, बिर्खबहादुर शाक्यले संस्थाले रचनात्मक कार्यक्रम गर्दै आएको बताउँदै यस्ता कार्यक्रमले आपसी सद्भाव र भाईचारा अभिबृद्धि गर्ने उल्लेख गर्नुभयो ।

संस्थाका अध्यक्ष केशवप्रसाद खनालले सामाजिक उत्तरदायित्व बहन गर्दै स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको तथा यस्ता कार्यक्रमलाई अवका दिनमा समेत निरन्तरता दिईने बताउनु भयो । कार्यक्रम संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक रामचन्द्र कोईरालाको स्वागत तथा सचिव आशिस विश्वकर्माको सञ्चालनमा भएको थियो । त्यसै अवसरमा संस्थाले प्रकाशन गरेको २०७६ सालको भित्तेपात्रो (क्यालेन्डर) समेत बिमोचन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*