प्रदेश ५ को नामाकरण र राजधानी छिट्टै– मन्त्री चौधरी

व्यापार संघद्वारा विभिन्न क्षेत्रमा सहयोग
खबरपथ संवाददाता
२८ चैत्र २०७५, बिहीबार २२:१४

२८ चैत्र,बुटवल । प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेशको नामाकरण र राजधानीको टुंगो छिट्टै लगाउने बताएका छन् । प्रदेश नं. ५ को राजधानी र नामाकरणको टुंगो लगाउनको निम्ति गठित समितिले प्रतिवेदन तयार पार्न लागेकोले केही समयमै प्रदेश सभामा सो विषयले प्रवेश पाउने बताएका छन् ।
रुपन्देही व्यापार संघले विहिबार बुटवलमा नव वर्ष २०७६ सालको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले राजधानीको विषयमा वाहिर धेरै नबोले पनि आफ्नो अभिमत बुटवलमा भएको उनले प्रष्ट पारे । सोही विषयमै बोल्दै मन्त्री चौधरीले सडक परिसरलाई प्रदेशको मुख्यालय बनाउनको लागि नामाकरण र राजधानीको टुंगो छिट्टै लगाउनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा बोल्दै मन्त्री चौधरीले समृद्धिका प्रमुख आधार कृषि, पर्यटन, उद्योग रहेको भन्दै उद्योगी व्यापारीलाई सो क्षेत्रमा प्रशस्त लगानी गर्न आग्रह गर्नुभयो । सम्पन्न हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि आउने पर्यटकलाई राख्न समेत उद्योगी व्यापारीलाई विभिन्न पर्यटकमूलक व्यवसायलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । उनले प्रदेश सरकारले आवधिक योजना बनाइसकेको भन्दै निजी क्षेत्रको लगानी प्रदेश सरकारले ठूलो अपेक्षा गरेको पनि बताए ।
सोही अवसरमा रुपन्देही व्यापार संघले प्रहरी चौकी श्रवणपथलाई भवन निर्माणका लागि १ लाख १ हजार १ सय ११, उजिरसिंह मा.वि.लाई १लाख १ हजार १ सय ११, स्याङजा चेम्बर अफ कर्मशलाई १ लाख १ हजार १ सय ११ र भैरवस्थान मन्दिर व्यवस्थापन समितिलाई २५ हजार आर्थिक सहयोग समेत गरेको छ । संघले विगतदेखि नै शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष टंकप्रसाद पोखरेल, संघका निवर्तमान अध्यक्ष मोतिलाल पाण्डे, उजिरसिंह माध्यमिक विद्यालयका अध्यक्ष एवं बुटवल वडा नं. २ का अध्यक्ष रमेश नेपाल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, स्याङजा व्यापार संघका वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ र संघका सल्लाहकार सूर्यबहादुर भट्टराई लगायतले नव वर्ष २०७६ सालको आगवनको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षता, प्रथम उपाध्यक्ष कृष्णप्रसाद घिमिरेको स्वागत तथा महासचिव प्रकाश ढकालको संचालनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*