नीति निर्माणमा पत्रकारिता क्षेत्रको भुमिका महत्वपूर्ण हुने : उपसभामुख थारु

खबरपथ संवाददाता
७ जेष्ठ २०७६, मंगलवार २१:३८

प्रदेश नम्बर पाँचको प्रदेश सभाका उपसभामुख कृष्णी थारुले प्रदेश सभाले बनाउने कानुन र नीति निर्माणमा पत्रकारिता क्षेत्रको भुमिका महत्वपूर्ण हुने बताएकी छन् ।

उनले प्रदेश सभा र पत्रकारितालाई शुसाशित र मर्यादित बनाउन पत्रकार र प्रदेससभा सदस्यहरुको सहकार्य आवश्यक रहेको बताईन । मंगलबार देखी लुम्बिनीमा संचालित संसदिय पत्रकार अन्तर प्रदेश सम्मेलनको उद्घाटन गर्दै उपसभामुख थारुले उक्त कुरा बताएकी हुन् । कार्यक्रममा बोल्दै थारुले प्रदेशसभा, प्रदेशसभा सदस्य तथा प्रदेशसभा पत्रकारिता सबैको अभ्यास नयाँ रहेकोले सिकाईकै क्रममा रहेको बताईन ।

उपसभामुख थारुले प्रदेश सभाका तिनवटा अधिवेशनले ३८ वटा बिधेयक पारित गरि कानुनको रुपमा कार्यान्वयनमा पठाईएको बताइन । संसदिय मामिला पत्रकार समाज प्रदेश ५ का अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षता तथा सिपि खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा समाजका काठमाडौ उपाध्यक्ष कृष्णा पौडेल, युएनडिपिका प्रतिनिधि दिला पन्त, पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसि, समाजका प्रदेश ५ उपाध्यक्ष अमृता अनमोल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

बुधबार सम्म कार्यक्रममा सहजकर्ताहरु तारानाथ दाहाल, शिव गाउँले, डिआर घिमिरे लगायतले विभिन्न बिषयमा सहजीकरण गर्ने छन् । कार्यक्रममा सातवटै प्रदेश बाट ४० जना बढी पत्रकारहरुको सहभागीता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*