मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली दिल्लीतर्फ

खबरपथ संवाददाता
१६ जेष्ठ २०७६, बिहीबार १५:३५

१६ जेठ, काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली दिल्लीतर्फ प्रस्थान गर्नु भएको छ।

बिहीबार साँझ नयाँ दिल्लीमा हुने सथप ग्रहण कार्यक्रममा भाग लिन प्रतिनिधि मण्डल सहित ओली त्यसतर्फ प्रस्थान गर्नु भएको हो । बिहीबार शीतल निवास स्थित राष्ट्रपति भवनमा संविधान सभा सदस्यलाई सम्मान कार्यक्रममा सहभागी भए पछि प्रधानमन्त्री ओली दिल्ली उड्नु भएको हो।

प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी र परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल दिल्लीतर्फ प्रस्थान गर्नु भएको छ। दिल्लीबाट प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा नेपाली राजदूत नीलाम्बर आचार्य र उपनियोग प्रमुख भरतराज रेग्मी पनि सपथ कार्यक्रममा सहभागी हुनु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*