प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय श्रम संगठनको कार्यक्रमलाई सम्वोधन गर्ने

खबरपथ संवाददाता
२७ जेष्ठ २०७६, सोमबार १२:२३

एजेन्सी २७ जेठ, काठमाण्डौ  । प्रधानमन्त्री केपी शर्मा ओलीले (सोमबार) स्विटजरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को शतवार्षिकी समारोहलाई सम्बोधन गर्दैछन्। ।

प्रधानमन्त्री ओलीले स्विस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली सोमबारै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लन्डन प्रस्थान गर्नेछन्।

प्रधानमन्त्री ओली राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रि«य सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा सहभागी भएका छन्। ।

प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरेका छन्।

त्यसक्रममा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाई तीव्ररुपमा अघि बढाइने बताए। ‘हामी देश विकासको अभिभाराप्रति सचेत छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘लामो बलिदानपूर्ण सङ्घर्षपछि जनताले ठूलो विश्वास यो सरकारलाई विकासको अभिभारा सुम्पेका छन्, सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय हो।’
गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आफू जानकार रहेको प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया समेत गरेका छन्।

गैरआवासीय नेपाली नागरिक सङ्गठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताए।

युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्री ओली आइतबार कतारको दोहाबाट जेनेभा पुगेका हुन्। जेनेभा अन्तर्राष्ट्रि«य विमानस्थलमा प्रधानमन्त्री ओलीलाई जेनेभास्थित स्वीस मिशनका प्रमुख भ्यालेन्टिन जेलवेगरका साथै नेपाली राजदूतसहित नियोगका अधिकारीहरुले स्वागत गरेका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*