१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा शुभारम्भ

खबरपथ संवाददाता
३० जेष्ठ २०७६, बिहीबार १९:२७

बुटवल । सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा शुभारम्भ भएको छ ।

सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टि.भि., मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ । बजारमा उच्च स्तरीय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्स सँग सहकार्य गरेको हो ।

नयाँ शोरुम उद्घाटनको अवसरमा भगवती मल्टि सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले भने, ‘हामी विश्वकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरुले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।’ उनीहरुले बुटवलकोे व्यस्त बजारमा खुलेको नयाँ शो–रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्ने र आफुहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्धता ब्यत गरे ।

‘हामीले दिने सेवाले बुटवल र बुटवललाई व्यवसायीक केन्द्र बनाउनु हुने ग्राहकको हृदय जित्ने कुरामा विश्वस्त छौँ ।’उनीहरुको भनाई छ ।
नेपालको इलेक्ट्रोनिक्स व्यवसायमा हिम बिगत ३० वर्षदेखि अग्रणी कम्पनीको रुपमा रहँदै आएको छ । हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट सेवा र सुविधा दिन निरन्तर लगानी बढाउँदै लगेको कम्पनीको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*