प्रदेश ५ को स्थायी राजधानी र नाम शिफारिस गर्न गठित बिशेष समितिको म्याद पुन: ६ महिना थपियो

खबरपथ संवाददाता
३० जेष्ठ २०७६, बिहीबार १९:४५

बुटवल ।
प्रदेश ५ को प्रदेश सभाको आज बसेको बैठकले प्रदेशको स्थायी राजधानी र नाम शिफारिस गर्न गठन भएको बिशेष समितिको म्याद पुन ६ महिना थप गर्ने निणर्य गरेको छ ।
आज दउसो बुटवल स्थित प्रदेश सभामा बसेको प्रदेश सभाको बैठकले बिशेष समितिको म्याद ६ महिना थप गर्ने निणर्य गरेको हो ।
प्रदेशको स्थायी राजधानी र नाम शिफारस गर्न गठन भउको बिशेष समितिले प्रदेशका १२ वटै जिल्लामा पुगि सुझाव संकलन गरीसकेको छ । सुझाव संकलन पश्चात भूगोल, मौसम, वातावरण तथा सांस्कृतिक एवं सुरक्षाविदहरुसँग राय लिएर प्रतिवेदन पेश गर्न बिशेष समितिले ६ महिना समय माग गरेकाले आजको बैठकबाट म्याद थप गरीएको सभामुख पुर्ण बहादुर घर्तिले जानकारी दिनु भयो ।
यस अघि पनि समितिको म्याद २ पटक ३।३ महिना थप गरीएको थियो ।

यसअघि आजको बैठकको बिशेष समयमा बोल्ने प्रदेश सभा सदस्यहरुले कृषकले मलखाद र बिउ बिजनको अभावदेखि लोक सेवा आयोगले निकालेको बिज्ञापनका सम्वन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभा सदस्यहरु अष्टभुजा पाठक,तुल्सी प्रसाद चौधरी,बैजनाथ कलबार,बिजयबहादुर यादवले बिगतका बैठकहरुमा मलखादको अभावबारे प्रदेशसभामा आवाज उठाएको स्मरण गराउदै प्रदेशसभा सदस्यहरुले अहिले पनि समस्या जस्ताको तस्तै रहेकोले तत्काल आवस्यक मलखादको व्यवस्था मिलाउन माग गर्नुभयो ।
प्रदेशसभा बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले गर्ने काम पार्टीको प्रमुख सचेतक र उनका निजि सचिवले गर्ने गरेको भन्दै बिरोध जनाउनु भयो ।
सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतकले फोन गरेर प्रदेशसभा सदस्यहरुसँग योजना माग गर्दा सरकार कता हराएछ भन्ने लागेको भन्दै सरकारलाई पछाडी छाडेर पार्टीको सचेतकले योजना माग्दै हिड्नु गम्भिर आपत्तिको बिषय भएको उहाले बताउनु भयो ।
प्रदेशसभा सदस्य दिपेश थारुले प्रदेशसभामा एउटै बिषय पटक÷पटक उठाउदा पनि समस्या समाधान नभएको प्रति प्रदेश सरकारको ध्यानकाकर्षण गराउदै कर्णाली नदीमा करोडौं खर्चेर पुल निर्माण भए पनि रुख कटानमा भएको ढिलाइले पुल उपयोग बिहीन भएकोले तत्काल रुख कटान गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।
बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य दिनेश पन्थीले प्रदेशमा परिकल्पना गरिएको व्यवस्थापीका र कार्यपालीकाबीच समन्वय हुन नसक्दा सन्तुलन नमिलेको भन्दै कार्यपालिका र व्यवस्थापीकाबीच सन्तुलन मिलाउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेशसभा सदस्य चेतनारायण आचार्यले अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिकामा यही जेठ १९ गते आएको आधी र हुरीले त्यस क्षेत्रका ४१ घर र ५०÷५५ वटा गोठका छाना उडाउनुका साथै बिद्यायका छाना,फर्निचर तथा कम्प्युटरमा क्षति पुगेको भन्दै प्रदेश सरकारको तर्फबाट तत्काल राहत उपलब्ध गराउन माग गर्नुभयो।
बिशेष समयमै बोल्दै प्रदेशसभा सदस्य बिजयबहादुर यादवले बाँकेको डुडवामा हालै आएको हावा हुरीले त्यहाँका ३९ वटा खरका छना भएका घर उडाइदिएको भन्दै प्रदेश सरकारले तत्काल जस्ता पाता उपलब्ध गराउन र केही समय भए पनि पिडितहरुलाई खानाको व्यवस्था मिलाउन माग गर्नुभयो।
प्रदेशसभा सदस्य बैजनाथ कलवारले गिट्टि बालुवाको अबैध रुपमा अनियन्त्रीत उत्खनन् र ओसार पसार हुँदा समेत प्रदेश सरकार मुकदर्शक बनेको भन्दै यस्तै अबस्था रहीरहे निकट भबिस्यमा तराइका जिल्ला बाढीको चपेटामा पर्न सक्ने भन्दै अनियन्त्रीत दोहन रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो।
आजकै बैठकमा प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गनृुभयो । त्यस्तै सभामुख पुर्णबहादुर घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणिकरण भएर आएका विधेयकहरुको बारेमा जानकारी गराउनु भयो ।
प्रदेशसभाको अर्को बैठक भोली दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*