शँकरनगर बनमा गुडिया बनाउने तालिम

खबरपथ संवाददाता
३० जेष्ठ २०७६, बिहीबार १९:४९

बुटवल । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा–१–४ ले समूहको बार्षिक कार्यक्रम अन्तर्गत सामुदायिक भवनको हलमा गुडिया बनाउने तालिम संचालन गरेको छ ।
समूहमा आवद्ध तिलोत्तमा १–४ का महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्वेश्यले विभिन्न आयमुलक तथा रोजगार मुलक कार्यक्रम संचालन गर्दै आईरहेको सामुदायिक वनले यो पटक गुडिया बनाउने तालिम आयोजना गरेको समूहका उपाध्यक्ष रबिन्द्र बस्नेतले जानकारी गराउनु भयो ।
तालिमको एक कार्यक्रमका वीच उदघाटन गर्दै डिभिजन वन कार्यालय रुपन्देहीका सहायक बन अधिकृत गिरिप्रसाद गैरेले महिलाहरु अहिले पनि घर धन्दामै सीमित हुनुपर्ने बाध्यता र मान्यता रहेको भन्दै यस्ता तालिमले महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बन्न टेवा पु¥याउने वताउनु भयो । यस्ता खालका तालिमले एकातर्फ महिलाहरुमा आत्मविश्वास बढाउंछ भने अर्कोतर्फ घरेलु कार्यमा मात्र सीमित हुनुपर्छ भन्ने धारणालाई समेत विस्थापित गर्ने भएकाले तालिमलाई ब्यवहारिक प्रयोगमा ल्याउन सहायक बन अधिकृत गैरेले प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
सामुदायिक बनका अध्यक्ष राम गिरीले महिलाहरुको क्षमता विकास गर्न र रोजगार प्रदान गर्नका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सामुदायिक बनले गुडिया बनाउने तालिम संचालन गरेको बताउनु भयो ।
पुरुषहरुको तुलनामा महिलाहरु हरक्षेत्रमा पछाडी परेकाले उनीहरुको नेतृत्व र क्षमता विकास संगसंगै स्वरोजगार र आत्मनिर्भर वनाउने उद्वेश्यले महिलाहरुलाई लक्षित गरेर सामुदायिक वनले विभिन्न रोजगारमुलक कार्यक्रम संचालन गर्दै आईरहेको र त्यसैको निरन्तरता स्वरुप यो पटक गुडिया बनाउने तालिम संचालन गरेको समूका सचिव ईन्दु थापाले वताउनु भयो ।
प्रशिक्षक सीता ढेंगा मगरले सहजिकरण गरेको तालिममा तिलोत्तमा १–४ का समूहमा आवद्ध ३० जना महिलाहरुको सहभागिता रहेको छ । शुक्रवार देखि संचालन भएको तालिम असार ७ गते १० दिन सम्म संचालन हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*