व्यापार संघको दुई दिने नेतृत्व विकास तालिम पाल्पामा सम्पन्न

खबरपथ संवाददाता
३१ जेष्ठ २०७६, शुक्रबार १४:२७

पाल्पा –रुपन्देही व्यापार संघको कार्यसमितिका लागि आयोजित दुई दिने प्रस्तुतिकरण तथा नेतृत्व विकास तालिम पाल्पामा सम्पन्न भएको छ ।
संघको संस्थागत विकास तथा कार्ययोजनाहरुलाई व्यवस्थित बनाउन पदाधिकारी तथा सदस्यहरुले निभाउनु पर्ने भूमिकाका बारेमा छलफल गर्न आयोजना गरिएको तालिममा २५ जनाको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन गर्दै संघका निर्वतमान अध्यक्ष मोतीलाल पाण्डेले संस्थामा नेतृत्व लिने क्रममा जति सक्रियता देखिन्छ कामको दौरानमा त्यति देखिदैन त्यसमा व्यवसायीहरुले सुधार गर्दै जानु पर्ने बताउनु भयो । उहाले संघले व्यवसायीक हकहितका लागि आफ्ना गतिविधिहरु निरन्तर गर्दै जानु पर्ने सुझाव दिदै परिर्वतित अवस्थामा नेतृत्वमा क्षमता विकासमा ध्यान दिन आग्रह गर्नु भयो ।
उहाले संस्थाको विकास नेतृत्वको क्षमता र क्रियाशिलतामा निर्भर रहने हुदा नेतृत्वपंक्तिले जिम्मेवारी, अनुसासन र इमानदारितालाई नविर्सन सुझाव दिनु भयो ।
तालिमका अवसरमा संघको सवल तथा कमजोर पक्षको पहिचान गरि आगामी चुनौतिलाई कसरी संस्थागत रुपमा सामुहिक सहभागितामा पार गरि व्यवसायीक हितमा निरन्तर अगाडी बढाउन सकिन्छ भन्ने बारेमा समुहगत छलफल गरिएको संघका महासचिव प्रकाश ढकालले जानकारी दिनु भयो । सो अवसरमा अवसर र चुनौतिको पहिचान गरि त्यसका लागि नेतृत्वको क्षमता विकासमा जोड दिइएको थियो । संस्थाका गतिविधि बढाउने क्रममा पदाधिकारी र सदस्यवीचमा टिमवर्कको भावनाको विकास गर्दै भिजन र मिसन तय गरि काम गर्नु पर्ने धारणा राखिएको थियो ।
तालिमलाई दुई चरणमा विभाजन गरि नेतृत्वको जिम्मेवारी र अधिकार तथा व्यवसाय विकासमा योजनावद्ध सकारात्मक भूमिकाका विषयमा छलफल गरिएको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताउनु भयो ।
तालिममा सहजीकरणको भूमिका निर्वाह गर्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठान,बुटवलका प्रमुख मुकुन्द ज्ञावलीले संस्थाको गतिविधिलाई चुस्त र लक्ष्य अनुसार अगाडी बढाउनका लागि सामुहिक भावनाको विकास गरि सबैले पाएको जिम्मेवारी पुरा गर्ने कुरामा गम्भिर बन्नु पर्ने धारणा राख्नु भयो । उहाले संस्थागत चुनौतिहरुको पहिचान गर्न नसकिएमा नेतृत्व असफल हुने हुदा नेतृत्वकर्ता सधै चनाखो बन्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष यमलाम लोहनी, कोषाध्यक्ष दिपक अधिकारी, प्रेस सल्लहाकार सुमन अधिकारी, पाल्पा व्यापार संघका अध्यक्ष रामहरि पोखरेल, सहजकर्ता मुकुन्द ज्ञावली लगायत बोल्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष पदम श्रेष्ठको अध्यक्षता तथा महासचिव प्रकास ढकालको सञ्चालनमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*