रुपन्देहीको सैनामैनामा पेस्तोल सहित तीन युवा पक्राउ

खबरपथ संवाददाता
३१ जेष्ठ २०७६, शुक्रबार १४:५५

 

बुटवल । रुपन्देहीको सैनामैनामा पेस्तोल सहित ३ जना पक्राउ परेका छन् ।

प्रहरीले गएराति सैनामैना नगरपालिकाको बुद्धनगरबाट १ कटुवा पेस्तोल र एक राउण्ड गोली सहित ३ युवालाई पक्राउ गरेको हो । सैनामैना नगरपालिका वडा नम्वर ६ का २० वर्षीय सुरज दर्जी,२२ वर्षीय अर्जुन मुसहर र मनिष परियारलाई वडा नम्वर ५ को बुद्धनगरबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डी राखिएको इप्रका सालझण्डीका प्रमुख प्रहरी निरीक्षक उमेशराज मैनालीले बताए । गोप्य सूचनाका आधारमा गाउँमा खोजतलास गर्नेक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*