रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
३१ जेष्ठ २०७६, शुक्रबार १७:०९

बुटवल । विश्व रक्रदाता दिवसका अवशरमा बुटवलमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा, रक्त सञ्चार सेवा केन्द्र बुटवलद्धारा आयोजित सो कार्यक्रममा अत्यधिक रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्मानित हुनेहरुमा ५० पटक भन्दा बढी रक्तदान गर्नेहरु ४ जनालाई स्वर्ण पदकले सम्मान गरेको छ । जस्मा कृष्णकुमार श्रेष्ठ, कमल न्यौपाने, केशव श्रेष्ठ, रविन्द्रनाथ योगी रहेका छन् । त्यस्तै २५ पटक भन्दा बढी रक्तदान गर्ने १६ जना रक्तदाता तथा १० पटक भन्दा बढी रक्तदान गर्ने २७ जना गरि ४७ जना रक्तदाताहरुलाई विशिष्ट अतिथि बुटवल उप–महानगरपालीकाका उपमेयर गुमादेवी आर्चायले पदक तथा प्रमाणपत्रले सम्मान गर्नु भएको थियो । सो अवशरमा बोल्दै उप मेयर आर्चायले रगत अभावले कोही कसैले जयान गुमाउन नपरोस यस्का लागि आफुहरुले रक्तसंचार केन्द्रसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो । उहाले भैपरि आउने प्रकोप नियन्त्रण, डेंगुरोग नियन्त्रण तथा दुर्घटनामा परि घाइतेले रगत नपाएर ज्यान गुमाउन नपरोस भन्दै बुटवल उप–महानगरपालीकाले रक्तसञ्चार केन्द्रलाई हरेक तरहले सघाउने उहाको भनाई थियो ।

उक्त सम्मान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र बुटवलका संयोजक दलबहादुर थापा, प्रेमलाल उदास, सुरेन्द्र शाक्य, नेपाल रेडक्रसका प्रदेश ५ का महासचिव कृष्ण पंगेनी, सम्मानीतहको तर्फबाट विकासजंग बस्नेत, कार्यक्रम संयोजक कृष्ण चौहान क्षेत्री लगाएतले बोल्दै रगतको अभाव हुन नदिनका लागि जनस्तरमा जनचेतना फैलाउन आवश्यक रहेको बताएका थिए ।

यस अघि बुटवलको अस्पताल लाइनबाट र्यालीको समेत आयोजना गरिएको थियो । रक्तसंचार केन्द्र बुटवलमा बाािर्षक रुपमा २० हजार युनिट भन्दा बढी रगत संकलन भैरहेको कार्यक्रम संयोजक चौहानले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*