आज सातै प्रदेशमा बजेट आउदै, प्रदेश ५ को बजेट ३४ अर्वको

खबरपथ संवाददाता
१ असार २०७६, आईतवार ११:१९

बुटवल ।
आज सातै वटा प्रदेश सरकारले बजेट ल्याउदै छन् । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि आज सबै प्रदेशले एकसाथ बजेट ल्याउन लागेका हुन् ।
सबै प्रदेशमा बजेट पेश गर्न दिउसो प्रदेश सभाको बैठक बोलाईएको छ । प्रदेश सभाका बैठकमा सबै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरुले बजेट प्रस्तुत गर्ने छन । संवैधानिक व्यवस्था अनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारहरुले असार १ गते र स्थानीय तले असार १० गते बजेट ल्याउनु पर्ने छ । संघीय सरकारले अनुदान तथा आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारहरुले बजेट ल्याउने तयारी गरेका छन् ।
यसैबिच प्रदेश ५ को बजेट आज दिउसो ३ बजे बस्ने प्रदेश सभा बैठमा आन्तरीक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नु हुने छ । प्रदेश ५ मा ३४ अर्वको बजेटको तयारी गरीएको छ । प्रदेश सरकारमा संघीय सरकारबाट समानीकरण वित्तिय अनुदानबाट प्राप्त ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, ससर्त अनुदानमा सात अर्ब ७७ करोड चार लाख बजेट छ। चालु आर्थिक वर्षको पुँजिगत तर्फको १६ अर्बको केही रकम खर्च नभई संञ्चित हुनेछ । सो रकम समेत गरी ३४ अर्बको बजेट बनाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*