तिलोत्तमामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

खबरपथ संवाददाता
१ असार २०७६, आईतवार ११:२९

तिलोत्तमा ।
तिलोत्तमा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।
आज बिहान नगरपालिकाको परिसरमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवाद गरीएको हो ।
कार्यक्रममा नेकपाका नेता तथा प्रतिनिधि सभाका सदस्य छबिलाल बिश्वकर्माले कार्यक्रमका लागि छनौट भएका २ जनालाई निर्माण तथा सरसफाइका औजार हस्तान्तरण गर्नु भयो ।
यस कार्यक्रमका लागि तिलोत्तमा नगरपालिकाबाट पहिलो चरणमा ३ सय १६ जना छनौट भएका छन ।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधनमन्त्री रोजगार कार्यक्रमका लागि तिलोत्तमा नगरपालिकालाई ७० लाख रुपैया उपलब्ध गराएको छ ।
मन्त्रालयबाट प्राप्त रोजगार कार्यक्रमको रकम ७० प्रतिशत आबेदन पmारम भरी छनौट भएका मध्यबाट पनि छनौट गरी तोकिएको मापदण्डका आधारमा बेरोजगार युवालाई न्यूनतम ३० दिनको रोजगारी उपलब्ध गराइने छ । छनौट भएका बेरोजगार युवालाई सडक निर्माण तथा मर्मत,कृषि तथा सिंचाई,गार्मेण्ट, खानेपानी,स्वास्थ्य तथा सरसफाई, शिक्षा, वन तथा जलाधार र पर्यटन क्षेत्रमा काममा लगाउन मन्त्रालयले निर्देशन दिए अनुसार बिभिन्न क्षेत्रमा काममा लगाइने छ ।
तिलोत्तमा नगरपालिकामा बेरोजगार भई यस कार्यक्रममा सहभागि हुन १ हजार २८ जनाले आवेदन भरेकामा ७ सय ७२ जनाको मात्र रित पुगेको थियो ।ति मध्येबाट ३ सय १६ जना छनौट गरीएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका कार्यवाहक प्रमुख जागेश्वरदेबि चौधरीको अध्यक्षता, प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालन र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको स्वागतमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री बिश्वकर्मा, नेकपाका तिलोत्तमा नगरअध्यक्ष मोहन चापागाई, काग्रेसका नगर सभापति हरीलाल पाण्डे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, तिलोत्तमा चेम्वर अफ कर्मर्शका अध्यक्ष जेपी कडेल लगायतले बोल्नु भएको थियो ।
आज पहिलो दन छनौट भएकाहरुले शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र र गौशालामा बिभिन्न काम गर्नेछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*