बजेटको कार्यान्वयनमा शंका नगर्न आग्रह : मुख्यमन्त्री पोखरेल

खबरपथ संवाददाता
३ असार २०७६, मंगलवार १०:४३

बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आवधिक योजना र सरकारको नीति कार्यक्रममा केन्द्रित भएर बजेट आएकाले बजेटको कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गर्नु भएको छ ।
प्रदेश सरकारले हिजो सार्बजनिक गरेको बजेटका सम्वन्धमा सोमबार बुटवलमा पत्रकारहरुसंग अन्तरक्रिया गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री पोखरेलले चालु आर्थिक वषृमा कर्मचारीको अभावले समयमा बजेट कार्यान्वयन हुन नसकेपनि आगामी आर्थिक वषृको सुरुदेखि नै बजेट कार्यान्वयन हुने बताउनु भयो ।
चालु आर्थिक वर्षको वजेट ७० प्रतिशत खर्च भएको र संघको अनुदानबाट आएको मध्ये डेढ अर्ब वजेट बढी खर्च गर्न सफल भएको भन्दै उहाले आगामी आवको बजेट ८ महिनामै खर्च गरीसक्ने बताउनु भयो ।
उहाँले बजेटले प्राथमिकता दिए अनुसार कृषिको व्यवसायिकरण गर्दै जाने, युवालाई कृषिकर्ममा आर्कषित गर्ने,पर्यटकीय गन्तव्यहरुलाई आर्कषित ढंगले विकास गर्ने बताउदै अर्थतन्त्रको आकारलाई राष्ट्रिय तहमा पु¥याउने बताउनुभयो ।
मुलुकको अर्थतन्त्र अझै काठमाडौं केन्द्रित रहेके भन्दै अव  प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्ने बताउनु भयो। ‘अहिले सिंगो अर्थतन्त्र काठमाडौं भ्यालीमा थुप्रिएको छ, काठमाडौंले नै डोमिनेट गरेको छ’, उहाले भन्नुभयो, ‘काठमाडौं केन्द्रीत अर्थतन्त्रले देशको सन्तुलित विकास हुन सक्दैन । त्यसैले अर्थतन्त्रलाई प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्ने अवस्था आइसक्यो ।’
प्रदेश ५ को अर्थतन्त्र जनसंख्याका हिसाबले कमजोर भएको तर, कूल गार्हस्थ उत्पादनका हिसाबले न्य प्रदेश भन्दा अगाडि रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री पोखरेलले आउँदो आर्थिक वर्ष कूल गार्हस्थ उत्पादन ८ प्रतिशत पुर्‍याउने लक्ष्य निर्धारण गरिएको र यो पूरा गरेरै छाड्ने दाबी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*