प्रदेश ५ को योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठद्धारा राजिनामा

खबरपथ संवाददाता
३ असार २०७६, मंगलवार १०:५०

बुटवल ।
प्रदेश ५ को योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजिनामा दिनु भएको छ ।
उपाध्यक्ष डा. श्रेष्ठले प्रदेश योजना आयोगका अध्यक्ष समेत रहनु भएका मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजिनामा दिनु भएको छ ।
डा. श्रेष्ठलाई  २०७४ साल चैत्र ६ गते बसेको मन्त्रीपरिषद बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहदा प्रदेशको बस्तु बिवरण (स्थिति पत्र) र आवधिक योजना बनाउने जस्तो महत्वपूर्ण काम गर्नु भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको जोडबल र आग्रहमा नेपाल  राष्ट्र बैकको निर्देशकबाट काज मिलाएर प्रादेशिक योजना आयोगको उपाध्यक्षमा आउनु भएका श्रेष्ठ राष्ट बैकमा बढुवा भएपछी पुन राष्ट बैक नै फर्कनु पर्ने भएकाले आयोगको उपाध्यक्षबाट राजिनामा दिनु भएको हो । डा. श्रेष्ठ बढुवा भएर  राष्ट्र बैकको कार्यकारी निर्देशक बन्नु भएको छ ।उहाले  राष्ट्र बैकमा लघु बित्त बिभागको जिम्मेवारी प्राप्त गरी सक्नु भएको छ । गत सोमवार बढुवा हुनु भएका श्रेष्ठ  राष्ट्र बैकमा हाजिर समेत भईसक्नु भएको छ ।
जेठ १४ गते नै श्रेष्ठले राजिनामा दिनु भएको भएपनि बजेट सार्बजनिक गर्नुअघि राजिनामाको बिषय गोप्य राखिएको थियो ।
राष्ट्र  बैकमा हाजिर भईसक्नु भएका बजेटको अघिल्लो दिन शनिवार बुटवल आएपनि  आइतवार बजेट प्रस्तुत हुदा प्रदेश सभामा जानु भएको थिएन । उहा नगएपनि प्रादेशिक योजना आयोगका २ जना सदस्य भने प्रदेश सभामा पुग्नु भएको थियो ।
अर्घाखाचीको बल्कोटमा जन्मिनु भएका डा. श्रेष्ठ आर्थिक क्षेत्रको बिज्ञका रुपमा स्थापित हुनुहुन्छ । २०५४ सालमा नेपाल  राष्ट्र  बैकको सेवामा श्रेष्ठ प्रबेश गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*