राष्ट्रपति पौडेलले बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने

खबरपथ संवाददाता
१६ आश्विन २०८१, बुधबार १९:२०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि आफ्नो एक महिनाको तलब सुविधा उपलब्ध गराउन घोषणा गरेका छन् ।

राष्ट्रपति पौडेलले बाढी पहिरोबाट पीडितहरूको राहतका लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने घोषणा गरेका हुन् ।

यसैगरी उनका विज्ञ सल्लाहकारहरूले पनि एक हप्ताको तलव सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*