बम्घा रुपन्देही सम्पर्क समाजद्वारा विजया दशमी तथा दिपावलीको शुभकामना आदानप्रदान

खबरपथ संवाददाता
१९ आश्विन २०८१, शनिबार १३:४२

बुटवल । गुल्मी बम्घा सम्पर्क समाजद्वारा विजयादशमी तथा शुभ दिपावली २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

बिहिवार घटस्थापनाको दिन एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गरिएको हो ।

सो अवसरमा लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री लिला गिरिले वर्तमान समयमा युवाहरु बिदेशिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै युवाहरुलाई देशमा अवसरहरुलाई पहिचान गरी देशमै बस्न आग्रह गर्नुभयो।

उहाँले चाडपर्व हाम्रो सांस्कृतिक धरोहर रहेको बताउँदै यसको जगेर्ना गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको आधुनिकताले चार्डपर्वहरुमा विकृति मौलाएको धारणा राख्नु भयो ।

यस्तै समाजका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले चाडपर्वलाई भड्किलो बनाउन नहुँने भन्दै मितव्ययीताका साथ हर्षोल्लामय वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा तिलोत्तमा १ का वार्ड अध्यक्ष फर्सुराम गिरि , कार्यक्रम संयोजक सरोज ज्ञवाली , सल्लाहकार सदस्य हरि प्रसाद ज्ञवाली (बिबश), सस्थापक सदस्य हरि प्रसाद ज्ञवाली लगायतले संस्कृतिको संरक्षण, सामाजिक सद्भाव, एकता र मेलमिलापको निम्ति चाडपर्वको महत्त्वपुर्ण भूमिका हुनेमा जोड दिएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रुद्र प्रसाद ज्ञवालीले गर्नु भएको थियो भने  कार्यक्रमको सन्चालन सह-सचिव शकुन्तला ज्ञवालीको गर्नुभएको थियो  । साथै ८४ वर्षिय टोपला देबि ज्ञवाली लाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु