सुनको मुल्यमा लगातार नयाँ किर्तिमान, तोलाको कति पुग्यो ?

खबरपथ संवाददाता
७ कार्तिक २०८१, बुधबार ११:२७

काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको १८ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय पुगेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६५ हजार ९ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर २१३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*