
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको सत्रौ नियमित रक्तदान कार्यक्रम

बुटवल । रक्तदानको लागी सबै अगाडी बढोै भन्ने मुलनारा लिई अगाडी बढेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले सत्रौ नियमित रक्तदान कार्यक्रम सनिवार सम्पन्न गरेको छ ।
नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अषेश सिलवालले चाडबाडकाे बेला रगतकाे अभाव हुन नदिन संघले नियमित रक्तदान कार्यक्रम गरिरहेको बताउनुभयाे । उहाँले हरेकले आफ्नो जन्मदिन विशेषलाई रक्तदान गरि मनाउन आग्रह गर्नुभयो ।
तेसैगरी अम्रपाली कटेज प्रा लिका संचालक भिमराज श्रेष्ठले आफ्ना कर्मचारीहरुलाइ नियमित रक्तदान गर्न प्रोत्साहन गरिरहेको र उहाँले नियमित रक्तदाता संघले गर्ने कार्यक्रममा साथ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अषेश सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष दया बहादुर सिलवाल र केन्द्रिय पदाधिकारिहरुको आतिथ्यता रहेको थियोे ।
अम्रपाली कटेजमा भएको रक्तदान कार्यक्रमको प्रयोजन अम्रपाली कटेज प्रा लि बुटवलले गरेको थियो भने अम्रपालीका अपरेसन म्यानेजर अनुप मोडवरि, महेश्वर श्रेष्ठ र पंच कुमारिको जन्मदिन विशेष अवसरमा रक्तदान गरिएको थियो ।