चितवन उद्योग संघको टोलीलाई रुपन्देहीमा स्वागत

खबरपथ संवाददाता
६ असार २०७६, शुक्रबार ०७:२२

बुटवल ।
संघसंस्था अवलोकन तथा औद्योगिक भ्रमणमा आएको चितवन उद्योग संघको टोलीलाई रुपन्देही उद्योग संघले एक समारोहकाबीच बुधबार स्वागत गरेको छ ।
सो अवसरमा बोल्ने उद्योगीहरुले मुलुकलाई आर्थिक संमृद्धिको बाटोमा अगाडि बढाउनका लागि औद्योगिक विकास जरुरी रहेको र त्यसका लागि निजी क्षेञका उद्योगी व्यवसायीहरु एक भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले क्षेत्रगत हिसाब भैरहेको औद्योगिक गतिविधिलाई अनुभवका रुपमा साटासाट गर्दै उद्योगिहरुको हकहितका लागि समान धारणा बनाएर आवाज उठाउनु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा भ्रमण टोलीलाई स्वागत गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले उद्योग संचालनमा धेरै समस्याहरु रहेको भए पनि राज्यले त्यसलाई क्रमिक रुपमा संवोधन गर्दै आएको धारणा राख्नु भयो । उहाँले औद्योगिक विकासका लागि औद्योगिक क्षेत्रको स्थापना र रहेका क्षेत्रहरुको संरक्षणमा जोड दिनुपर्ने बताउनु भएको थियो ।
अध्यक्ष अधिकारीले रुपन्देही उद्योग संघ र चितवन उद्योग संघवीचको संस्थागत सम्बन्धले उद्योगको विकासका लागि समान धारणा बनाएर अगाडी बढ्न मद्दत मिलेको उल्लेख गर्दै औद्योगिकरण र लगानी मैत्री वातावरण बनाउन सधैसँगै भएर जाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीले रुपन्देही उद्योग संघको सहयोग र प्रेरणाले चितवन उद्योग संघले आप्mना गतिविधिहरुलाई तिव्रता दिंदै आएको स्मरण गर्दै उद्योगको विकास र उद्योगीहरुको हकहित संरक्षणमा संस्थागत रुपमा आवाज उठान सकेमा सम्बोधन हुने धारणा राख्नु भयो । उहाँले भ्रमणबाट आफनो टोली धेरै नयाँ अनुभव गर्न पाएको बताउँदै स्वदेशी उत्पादनप्रति उपभोक्ताको चासो बढाउने तर्फ संस्थाका कार्यक्रमहरु तय गरिनुपर्ने सुझाव राख्नु भएको थियो ।

संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षता, महासचिव कृष्णप्रसाद पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघ प्रदेश नं. ५ का संयोजक एजाज आलम, अध्यक्ष परिषदका संयोजक महेन्द्रनारायण श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, प्रथम उपाध्यक्ष माधव पौडेल, चितवन उद्योग संघका गर्भनिङ काउन्सिलका संयोजक हरिप्रसाद सुवेदी, वरिष्ठ उपाध्यक्ष राजु पौडेल, युवा उद्यमी मञ्च, चितवनका संयोजक अमर घिमिरे लगायत बोल्नु भएको थियो ।
तिन दिने औद्योगिक अवलोकन भ्रमणमा निस्केको टोली नवलपुर, रुपन्देही, पाल्पा, पोखरा हँुदै चितवन फर्कने कार्यक्रम रहेको छ । टोलीमा संघका पदाधिकारी इकाई समितिका संयोजक, महिला उद्यमी मञ्च संयोजक एवं सदस्यहरु सहि ३९ जनाको सहभागिता रहेको थियो । रुपन्देहीमा सो टोलीले भैरहवामा रहेको सेज, औद्योगिक क्षेत्र तथा अन्य उद्योगहरुको अवलोकन गरेकोे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*