वास्तविक किसानको घरसम्म अनुदान पु¥याउँदैछौं : मन्त्री पौडेल

खबरपथ संवाददाता
६ असार २०७६, शुक्रबार ०८:०४

बुटवल ।
प्रदेश नम्बर पाँचकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले किसानका लागि वितरण गरेको अनुदान लक्षित वर्गसम्म पुगेको दावी गर्नुभएको छ ।
केही किसानहरूले अनुदान टाठाबाठा र आफन्तलाई मात्र जाने गरेको गुनासो गरे पनि त्यस्तै नभएको स्पष्ट पार्नुभयो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बिहिबार बुटवलमा आयोजना गरेको ‘मिल्क होलिडे’ तथा बजारीकरण सम्बन्धी अन्तरक्रिया तथा गोष्ठीमा बोल्दै उहाले भन्नुभयो ‘पहुँच र शक्तिको आधारमा होइन । वास्तविक किसानको घररघरसम्म अनुदान पु¥याउँदैछौं । तर एकै पटक होइन । विस्तारै विस्तारै सबै किसानले अनुदान पाउछन । सरकारले पहुँच र शक्तिका आधारमा होइन । वास्तविक किसानलाई नै अनुदान दिन्छ ।’
उहाले यस वर्ष १ सय ८४ जना किसानलाई अनुदान वितरण गरेको बताउनुभयो । ‘अर्को वर्षदेखि शुलभ कर्जा अनुदान कार्यक्रम सञ्चालन गछौं’ मन्त्री पौडेलले भनिन्, ‘मिसन कार्यक्रम युवा लक्षित कार्यक्रम विद्यार्थी किसान कार्यक्रम पनि ल्याएर यहाँको युवालाई व्यवसायिक कृषिमा लगाउने प्रदेश सरकार र मन्त्रालयको योजना छ ।’
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख डाप्रदीप शर्माले प्रदेश पाँचमा दूग्ध उत्पादन सन्तोषजन रहेको प्रस्तुति देखाउनुभयो । उहाले दूधबाट घातक रोगहरु समेत लाग्ने भएकोले प्रशोधित दूध मात्र खानुपर्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा दूध उत्पादक सहकारी संस्था रुपन्देहीका अध्यक्ष लेखानथ पाण्डेले समय समयमा दूधको अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा दूग्ध उत्पादक सहकारी संस्था कपिलवस्तुका सदस्य राधेश्याम न्यौपाने, विष्णु अर्याल, द्धाणराज सुवेदी लगायतले बोल्दै वास्तविक किसानलाई अनुदान दिनुपर्ने बताउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*