मिडिया विधेयकविरुद्ध हस्ताक्षर संकलन

खबरपथ संवाददाता
६ असार २०७६, शुक्रबार ०८:१०

बुटवल ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले मिडिया  विधेयकविरुद्ध हस्ताक्षर संकलन गरेको छ । सरकारले संचार माध्यम नियमन गर्नका लागि भनेर संसदमा दर्ता गरिएको मिडिया काउन्सिल विद्येयकविरुद्ध नेपाल पत्रकार महासंघ केन्द्रदेखि प्रदेश र जिल्लास्तरमा आन्दोलनमा रहेको छ । पत्रकार महासंघ रुपन्देहीले शुरु गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध हस्ताक्षर संकलन अभियानको शुभारम्भ गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउंलेले गर्नुभएको थियो । सो अवसरमा उहाले यो विद्येयक आमश्रमजीवी पत्रकारहरुको विपक्षमा रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेशका उपाध्याक्ष भरत केसी, रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, सचिव रामप्रसाद आचार्यलगायतले बोल्नुभएको थियो । ३ दिनसम्म यो हस्ताक्षर अभियान कार्यक्रम पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा गरिने र पछि प्रदेशमार्फत केन्द्रीय कार्यालयमा पठाइने उपाध्यक्ष दिनेश पाण्डेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*