नेपाल पत्रकार महासंघ रुपन्देहीद्धारा शूभकामना आदानप्रदान तथा चियापान

खबरपथ संवाददाता
१४ कार्तिक २०८१, बुधबार १८:३६

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले शुभदीपवाली, नेपाल सम्बत तथा छठ पर्व २०८१ को अवसरमा बुधबार शूभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधि, प्रशासक, प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि एव्म पत्रकारहरुको उपस्थितीमा शूभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो । जिल्ला अध्यक्ष रामराज पोख्रेलले दीपावली, नेपाल संवत र छठ पर्वको शूभकामना दिदै चियाखाँदै शूभकामना साटासाट सरिक हुन आग्रह गरे ।


कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पान्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एव्म सल्लाहकारहरु डा. बालकृष्ण चापागाई, हरि लम्साल, प्रदेश सल्लाहकार माधव नेपाल, जिल्ला सल्लाहकार खिमानन्द भट्टराई, रुपन्देहीका विभिन्न संघसंस्थाका अध्यक्ष तथा पत्रकार सम्बद्ध संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु एवम् पत्रकारहरुको उपस्थिती रहेको थियो ।

महासंघले औपचारीक कार्यक्रम संक्षिप्त गरी अतिथिहरुलाई मन्तव्यका लागि समय दिएको थिएन । पछिल्लो समय एउटै कार्यक्रममा घटौं समय बिताउने परिपाटी भएकाले अब कार्यक्रमको स्वरुप परिवर्तनका लागि छोटो गरिएको महासंघ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु