
जिपको ठक्करबाट साइकल यात्रीको मृत्यु
खबरपथ संवाददाता
६ असार २०७६, शुक्रबार १३:५७

सैनामैना
सैनामैना नगरपालिकाको मुर्गियामा जिपको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ । आज बिहान ५ बजे भएको दुर्घटनामा सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरका ५५ वर्षीय चन्द्रबहादुर थारुको मृत्यु भएको हो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाइ उपचारको लागी बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल लगेपनि उपचारका क्रममा बिहान ६ बजेतिर मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।