
रुपन्देहीमा “दिपल” इभी लन्च

बुटवल । विश्वकै उत्कृष्ट चारपाग्रे सवारी उत्पादन गर्दै आएको चाईनाको चांगान कम्पनीको दिपल इभी रुपन्देहीमा लन्च भएको छ ।
नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र यस क्षेत्रको आधिकारिक विक्रेता जेनस मोटर्सले ईभिको नया अप्सनका रुपमा डिपलका दुई मोडल चारपाग्रे सवारी आईतबार रूपन्देहीको मणिग्राममा एक कार्यक्रमकाबीच लन्च भएको हो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले डिपल एल जिरो सेभेन र डिपल एसजिरो सेभन दुई सवारी लन्च गर्दै बजारमा ईभि सवारीको क्रेज बढ्दो रहेको बताउनुभयो । ईभि गाडीको विश्वासनियतालाई कायम राख्नेगरि बिक्रेताहरु सेवा दिनुपर्ने उहाँले सुझाव दिनुभयो । स्थानियपालिका ईभिको सेवाप्रती सजग रहेको भन्दै चार्जिङ स्टेसनमा जोड दिएको बताउनुभयो । आम उपभोक्ताको माग र चाहना अनुसार सेवामा ध्यान दिनुपर्ने भन्दै स्थानिय सरकार सहयोग र सहकार्य गर्ने प्रतिवद्घता जनाउनु भयो ।
कार्यक्रममा जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्र कुमार श्रेष्ठले संसारमा नै सबैभन्दा धेरेै फिचर भएको सवारीका रुपमा चानगन कम्पनी पहिचान बनाएको दाबी गर्दै १६० वर्ष लामो ईतिहास बोकेको कम्पनी भएको बताउनुभयो । दिपलमा वेलकम सिट, सनफलावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायतका कारमा १५ भन्दा बढि फिचरहरु रहेको उहाँले दाबी गर्नुभयो । अहिलेसम्मकै बढी ५४० किलोमिटर माईलेज यसमा रहेको छ । कार्तिक २७ गते बुटवलमा लुम्बिनी प्रदेशकै ठुलो एक्सचेन्ज एण्ड टेष्ट ड्राईभ क्याम्पको आयोजना क्लब डेनेभोमा राखिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा डिप्पलको अनुभव शेयर गर्दै उद्योगी विकास पाण्डेले ६ महिनाको अवधिमा नेपालका बाटाहरुमा यो उपयुक्त लागेको बताउनु भयो । यसअघि चलाएका सवारीभन्दा फरक अनुभुति पाएको उहाँले बताउनु भयो । ईन्धन सवारी छोडेर ईभिमा आउदा धेरै बलियो सोच बनाउनुपर्ने भन्दै यसको आकर्षक मोडल कै कारण चढेको बताउनुभयो ।
कार्यक्रममा एम.ए.डब्लु ग्रुपका डिलर हेड सुरेन्द्र केसीले नेपालमा ईभि कारको माग बढ्दो रहेको बताउनुभयो । नेपालमा हाल कुल सवारीमध्ये ८० प्रतिशतभन्दा बढि ईभि गाडी भित्रिएको उहाँले दाबी गर्नुभयो । ‘भित्रिएका सवारी एउटै प्रकारको र गुणस्तरीय भने छैन ।’—उहाँले भन्नुभयो ।
नेपालमा सवारी भित्राउदा विक्रिपछिको सेवामा जोड दिन जरुरी रहेको भन्दै उपभोक्ताबाट खरिद गर्दा समेत यसमा विशेष ध्यान दिन उहाँले सुझाव दिनुभयो । एम.एड.ब्लु ग्रुप नेपालकै दोस्रो धेरै सवारी भित्राउने र गुणस्तरीयताका रुपमा पहिचान बनाएको उहाँले दाबी गर्नुभयो ।
राजधानी काठमाडौंमा ६ महिना अघि लन्च भएको यो गाडी ६ सय बढि बिक्रि भएको छ । विश्वका ६ देशका १० शहरमा यो कम्पनीको उत्पादन लिईरहेको छ ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले हरित क्रान्तिको कुरा गरिरहदा समयसापेक्ष यो सवारी भएको बताउनुभयो । विद्युतिय उर्जा अबको समयको माग अनुसार बिस्तारै बढेको भन्दै उहाँले नया पुस्तामा ईभि सवारी आकर्षक भएको बताउनु भयो । राष्ट्रिय अर्थतन्त्रलाई समेत उकास्न यो नया प्रविधि उपयोगी हुनेमा उहाँले आशा ब्यक्त गर्नुभयो । कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले अटो क्षेत्रमा नया ब्यवसायी भित्रदा ब्यवसायमा आशा र उर्जा जागेको बताउनु भयो ।