समितिद्धारा प्रनाउ भट्रराईलाई स्वागत

सवारी चालकलाई हिट एण्ड रनको शैलिमा नभई प्रहरी संग सहकार्य गरेर अगाडी बढन आग्रह
खबरपथ संवाददाता
६ असार २०७६, शुक्रबार १४:४६

यमलाल भुसाल
बुटवल ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा हालै ईलाका प्रहरी कार्यालय बुटवलमा शरुवा भै आउनु भएका प्रहरी नायव उपरिक्षक भिमलाल भट्रराईलाई एक समारोहका बीच स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको छ ।
स्वागत समारोहमा समितिका अध्यक्ष यम प्रसाद पाण्डेले नेपाली यातायात व्यवसायी धराशायी हुने गरि भारतिय मालबहाक गाडीलाई निर्वाध रुपमा संचालन गर्न दिन नहुने बताउदै प्रहरी प्रशासनले ओभरलोड बोकेका गाडीलाई संचालनमा पुर्ण रुपमा बन्देज लगाउन माग गर्नु भयो ।
समितिका पुर्व अध्यक्ष लोक राज पोखरेलले हालै गृह मन्त्रालयले एक परिपत्र जारी गरि भारतिय मालबहाक गाडीलाई गन्तव्यसम्म पुग्न कुनै अवरोध नर्गन भनी गरेको परिपत्रले नेपाली व्यवसायीको पेशा व्यवसायलाई समाप्त पारी नेपाली सडकमा भारतिय गाढीको बच्चस्व कायम गर्न खोजिएको दावि गर्नु भयो ।
उहाँले सरकारले नेपाली यातायात व्यवसायीको लगानीको सुरक्षा र नेपाली सडकको बचाउकालागि भारतिय मालबहाक गाडीलाई भन्सार नाकावाट नै फिर्ता गर्ने गरि व्यवस्था गर्न माग समेत गर्नु भयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्रराईले अपराध र दुर्घटना न्युनिकरणका लागि सवारी चालकहरुलाई हिट एण्ड रनको शैलिमा नभई प्रहरी संग सहकार्य गरेर अगाडी बढने वातावरण व्यवसायीक संस्थाहरुले मिलाउन आग्रह गर्नु भयो ।
प्रनाउ भट्रराईले दुर्घटना पछि चालकहरुले गाडी भगाउने सकभर लुक्न खोज्ने प्रबृतिको अन्य गरि परेका समस्यामा प्रहरी प्रशासन संग सहकार्य गरेर अगाडी बढन जरुरी रहेको औल्याउनु भयो ।
कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की, महासचिव जितु भाट, सचिव वसन्त खडका, कोषाध्यक्ष हरि प्रसाद रिमाल रुपन्देही सेक्टर उपाध्यक्ष डिल्ली राज रिजाल लगायतले व्यवसायीले भोग्नु परेका समस्याको समाधानका लागि प्रहरीको साथ जरुरी रहेको धारण राख्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*