रुपन्देही उद्योग संघद्वारा स्वागत तथा सम्मान

खबरपथ संवाददाता
७ असार २०७६, शनिबार १६:२९

बुटवल ।   रुपन्देही उद्योग संघले इलाका प्रहरी कार्यालय, बुटवलमा सरुवा भई आउनु भएका डिएसपी भिमलाल भट्टराई र घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीका प्रमुख उद्योग अधिकृत नारायण आर्चायलाई शनिवार एक कार्यक्रमकावीच स्वागत तथा सम्मान गरेको छ ।
संघको कार्यसमितिको नियमित बैठकका अवसरमा उहाहरु दुबैलाई संघको बैठक कक्षमा संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले खादा आढाएर स्वागत तथा सम्मान गर्नु भएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले रुपन्देहीमा बस्दासम्म कर्तव्य पालना  गर्दा निष्पक्ष र व्यवहारिक रुपमा कार्य सम्पादन गर्नु हुने विश्वास व्यक्त गरेका थिए । उद्योगीहरुको संस्था रुपन्देही उद्योग संघले अगाडी सारेका कामहरुमा सहयोगीको रुपमा उभिन हुन आग्रह गर्दै उनीहरुले जनताको काममा कुनै गुनासा सुन्न नपर्ने गरि जिम्मेवारी निर्वाहा गर्नु हुन शुभकामना दिएका थिए ।
कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले रुपन्देहीको औद्योगीक विकासमा दुबै कार्यालय र कार्यालय प्रमुखबाट सकारात्मक भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष अधिकारीले उद्योग र उद्योगीहरुका समस्याहरुलाई सम्बोधन गर्ने काममा आफ्नै समस्या सम्झने बातावरण बन्ने विश्वास व्यक्त गर्दै पछि सम्म स्मरण हुने कार्य गर्न सुझाव दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै संघका निर्वतमान अध्यक्ष दिनेशराज रेग्मीले उद्योगीहरुका समस्याहरुलाई प्राथमिकतामा राख्दै यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न एक आपसमा मिलेर अगाडी बढ्न आग्रह गर्नु भयो । संघका पूर्व अध्यक्ष बोनिन पियाले आम नागरिकहरुलाई शान्तिको अनुभूति हुने तथा उद्योगीका समस्या समाधानमा कुनै पूर्वाग्रह नराखेर कानुनको पालना गराउने जिम्मेवारीलाई हार्दिकताका साथ पुरा गर्नु हुने विश्वास व्यक्त गर्नु भएको थियो ।
स्वागत तथा सम्मान ग्रहण गर्दै इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी भिललाल भट्टराईले ऐन कानुनले दिएको अधिकारलाई प्रयोग गरि शान्ति सुव्यवस्था कायम गराउन निष्पक्ष रुपमा आफु र आफ्नो टिमले काम गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाले आर्थिक उन्नती र संमृद्धिमा टेवा पुग्ने काममा सहकार्यका लागि आग्रह समेत गर्नु भएको थियो । घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीका प्रमुख नारायण आर्चायले उद्योग व्यवसायमा रहेका कठिनाईलाई हटाउन तथा औद्योगिक बातावरण निमार्ण गर्न उद्योगीहरुले दिने सुझाव र सल्लाहालाई सधै आफुले सकारात्मक रुपमा लिने बताउदै कर्मचारीहरुको अभाव एवं अधिकारको बाडफाडमा रहेको अन्यौलका कारण चाहे अनुसार काम गर्न कठिनाई भएको गुनासो गर्नु भएको थियो ।
संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षता, महासचिव कृष्ण प्रसाद पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा धन्यवाद मन्तव्य वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*