
रूखबाट खसेर एकको मृत्यु
खबरपथ संवाददाता
७ असार २०७६, शनिबार १९:२८

कपिलवस्तु । रूखबाट खसेर कपिलवस्तुमा एकजनाको मृत्यु भएको छ । रुखबाट खसेर कपिलवस्तुको विजयनगर २ निवासी ६१ वर्षीय मन्नी थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।
घरनजिकै रहेको इन्द्रेणी सामुदायिक वनमा महुवाको दाना टिप्नेक्रममा हाँगा लाछिएर भुइँमा खसेर घाइते भएकी थारूको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गणेशपुर इप्रकाका प्रहरी निरीक्षक नवीन पौडेलले जानकारी दिए ।
उनीसँगै गएका एकजना सकुशलै रहेको प्रहरीले जनाएको छ।