ज्येष्ठ नागरिक, अपाङ्ग र सरोकारवाला बिच अन्तरक्रिया

खबरपथ संवाददाता
७ असार २०७६, शनिबार १९:३३

बुटवल । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको सेवा सुविधा सम्बन्धमा सरोकारवाला निकायहरु बिच एकदिने अन्तरक्रिया कार्यक्रम आज बुटवलमा सम्पन्न भएको छ।

प्रदेश न. ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशले शिक्षा, स्वास्थ्य, अपाङ्गता, लैङ्िगक हरेक श्रेत्रमा बजेट छुटाएर काम गरेको बताएका छन। प्रदेश सरकारले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका विषयलाई लिएर उनिहरुको हकहितलाई सुरक्षित गर्न प्रदेश सरकारले कानुनहरु निर्माण गरेर कार्यान्वयन तथा भैरहेको काममा अनुगमन गरिएको बताएका छन।

सामाजिक विकास मन्त्रालय प्रदेश न.५ द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्ति, सरोकारवाला निकायका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थितdf अन्तरक्रिया भएको हो।

कार्यक्रममा बोल्ने वक्ताहरुले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुका अधिकार सुनिश्चितताको लागि सरोकारवालाहरुले विशेष ध्यान दिदै बनेका ऐन कानुनहरुलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन। प्रदेश न. ५ का १२ वटै जिल्लाका ज्येष्ठ नागरिकका प्रतिनिधि, अपाङ्गका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा बोल्दै सहभागिहरुले अपाङ्ग र ज्येष्ठ नागरिकको लागि हेरचाह केन्द्र, दिवा सेवा केन्द्रको व्यवस्था गरि अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रदेश न. ५ सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख सारदा बस्यालले ज्येष्ठ नागरिकका हक हित सुनिश्चित गर्नको लागि प्रदेशले बनाएका नितिनियम तथा कार्यक्रमका बारेमा जानकारी दिईन। ज्येष्ठ नागरिक प्रति गरिने वर्तमान व्यवस्था र नेपालको संविधान २०७२ मा व्यवस्था भएका कुराहरु र ज्येष्ठ नागरिक ऐन २०६३ बारे प्रकाश पारेकी थिईन। ज्येष्ठ नागरिकको वर्तमान अवस्था, सामाजिक अवस्था, आर्थिक अवस्था तथा ज्येष्ठ नागरिकसम्बन्धि चुनौति तथा समस्याका विषयमा आधारपत्र प्रस्तुत गरेकि थिईन। साथै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि कानुनि व्यवस्था चुनौति तथा अवसरलाई प्रकाश पार्दै सम्झना सुवेदीद्वारा अर्को कार्यपत्र प्रस्तुत गरिएको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*