
रुपन्देहीको देबदहमा बृहत रक्तदान

बुटबल । नेशनल टेक हाइड्रो एन्ड इलेक्टि्क प्रा लि देबदह ३ र नेपाल नियमीत रक्तदाता संघ रुपन्देहीको संयुक्त आयोजनामा शुक्रबार रुपन्देहीको देबदहमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रमका प्रमुख अथिती देबदह नगर पालिका वडा न ३ का अध्यक्ष यज्ञ प्रसाद अर्यालले संघले गरेको रक्तदान कार्यक्रमको प्रसंशा गर्दै आगामी दिनमा पनि संघ सङ सहकार्य गर्दै पालिका स्तरमा निरन्तर गर्दै जाने बताउनु भयो ।
तेसै गरि कार्यक्रमका विशिष्ट अथिती नेपाल नियमीत रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले शुभकामना मन्तव्य गर्दै उहाँले एक तथाकको आधारमा कुनै पनि देशमा २% जनताले रक्तदान गरेमा तेस रगत अभाव नहुने हुनाले उहाँले सम्पुर्ण रक्तदाताहरुलाइ नियमीत रुपमा ३/३ महिनामा रक्तदान गर्न अनुरोध गर्नुभयो ।
तेसैगरी कार्यक्रमका अध्यक्ष दिलिप कुमार थापाले नियमीत रक्तदाता संघ सङ बिगत देखि नै सहकार्य गर्दै आएको बताउदै उहाँले आगामी दिनमा पनि सहकार्य गर्दै जाने र आफ्ना कर्मचारीहरुलाई पनि नियमीत रक्तदान गराउने प्रतिबद्धता जनाउनुभयो ।
नेशनल टेक हाइड्रो एन्ड इलेक्टि्रक प्रा लिका अध्यक्ष दिलिप कुमार थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल टेक हाइड्रोका म्यानेजर दत्तराम आर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।
तेसैगरी कार्यक्रममा नेपाल नियमीत रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले शुभकामना मन्तव्य व्यक्त गर्दै संघको गतिविधि बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा अथितिहरु नेपाल नियमीत रक्तदाता संघ रुपन्देहीका जिल्ला उपाध्यक्ष भास्कर साही ,सदस्य सुनिल थापा ,नेशनल टेक हाइड्रोका एम डि लिलाधर सापकाेटा, म्यानेजर दत्तराम आर्यालकाे आतिथ्यता रहेको थियो । साथै उक्त दिन नेशनल टेक हाइड्रो एन्ड इलेक्टि्रक प्रा लिमा अग्नि नियन्त्रण तथा प्राथमिक उपचार तालिम पनि सम्पन्न भएको थियोे ।