९१ वर्षिय गुरुङको ३ पुस्तक बिमोचन

पुस्तकहरु ः साझा फुलबारी, पश्चिम नेपालको खस राज्य र तिनाउको तिनधार
खबरपथ संवाददाता
७ असार २०७६, शनिबार १९:४२

बुटवल । बुटवलका स्थाई बसोबासी तथा पुस्कत लेखनमा लामो समयदेखि कलम चलाउदै आएका ९१ वर्षिय शेर बहादुर गुरुङको ३ वटा पुस्तकहरु विमोचन गरिएको छ ।

तमु ह्युल छोड धि गुरुङ राष्ट्रिय परिषदको आयोजनामा शनिबार बुटवलमा प्रदेश ५ का सभामुख पुर्ण बहादुर घर्तीमगर, उद्योग पर्यटन वातारण र वनमन्त्री लिला गिरि, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिव सुवेदीले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन ।

गुरुङको साझा फुलबारी, पश्चिम नेपालको खस राज्य र तिनाउको तिनधार पुस्तकहरु छन । ९१ वर्षिय गुरुङले मरेर गएपनि पुस्तक र यसको ज्ञान नमर्ने तर्क दिदै आफु निरन्तर लेखनमा लागेको बताए ।

पुस्तकलाई लेखक तथा साहित्यकारहरु राजेन्द्र कुमार आचार्य, जंग बहादुर शाह, हिरण्यलाल ज्ञवालीले टिप्पणी गर्दै बुटवलको परिचय सूक्ष्म रुपमा भएको बताए । नया पुस्तालाई बुटवलको ऐतिहासिकता, भौगोलिक र भाषाहरुको परिचय दिन शब्दहरुमा ढालिएको बताए । लेखक गुरुङले अहिलेसम्म २९ बढि पुस्तकहरु लेखिसकेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*