चीनिया राष्ट्रपतिकाे घोषणा : नेपाललाई ९ अर्ब अनुदान
काठमाडौं । चीनका राष्ट्रपति सि चिनपिङले नेपाललाई ५०० मिलियन अारएमबी अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्तामा सो अनुदान घोषणा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चार दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग आज भेटघाट तथा छलफल गरेका थिए, साे क्रममा साे घाेषणा भएकाे छ ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमवार चीन प्रस्थान गरेका थिए ।
बेइजिङ पुगेको भोलीपल्ट अर्थात मंगलबार चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै ९ बुँदे सहमतिमा हस्ताक्षर गरे पछि चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका हुन् । प्रधानमन्त्री ओली यही मंसिर २० गते स्वदेश फर्कनेछन ।