नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर

खबरपथ संवाददाता
१९ मंसिर २०८१, बुधबार २१:३०

काठमाडौं । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

गत सोमवार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बिआरआइमा सहमति जनाउँछन कि जनाउँदैन भन्ने बिषय चासोको साथ हेरिरहेको बेला सो हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु