बुटवल उपमहानगरपालिकालाई मानवअधिकार संरक्षण प्रति गम्भीर बन्न आग्रह

खबरपथ संवाददाता
८ असार २०७६, आईतवार ०७:३४

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १ मा बसोबास गर्दै आएका १६ घरपरिवारको बसोबास एकाएक बुटवल
उपमहानगरपालिकाले भत्काइदिदा त्यहाँ बसोबास गरिरहेका बालबालिका, वृद्धबृद्दा, स्कुले विद्यार्थी र मजदुरहरू बिगत १० दिन देखि सडकमा बिचल्ली अवस्थामा कष्टकर जीवन बिताइरहेको देखिएको छ । यस घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
करिब ४० बर्ष देखि सोही स्थानमा नियमित बसोबास गर्दै आएका मानिसहरूको बसोबास उजाड हुनेगरी हठात् रूपमा नागरिकहरूलाई यो गर्मी तथा बर्षातको मौसममा सडकमा मिल्काउनु अत्यन्तै अमानवीय र गैरसंवेदनसिल हुनुका साथै न्युनतम मानवीय मूल्य र मान्यताको विरुद्धमा भएको ठहर गर्दछौ ।

नागरिकको न्युनतम मानवअधिकारको प्रत्याभूति, संरक्षण र सम्बद्र्धन गर्ने निकायले नै गास, बास, कपास जस्तो अति आधारभुत मानवअधिकार हनन गरेको यो गम्भीर बिषयमा सम्बन्धित सबै सरोकारवाला निकायको समेत ध्यानाकर्षण गराउदछौ । यस घटनामा नागरिकको न्युनतम मानवअधिकार स्थानीय निकायले उल्लंघन गरेको देखिन्छ । स–साना बालबालिका तातो सडकमा छन्, विद्यलय जानबाट बन्चित छन्, वृद्धबृद्धा रोगी र दयनीय अवस्थामा छन, पीडित सबै घर परिवार एउटै पालमुनी कष्टकर अवस्थामा छ्न, ज्वरो र झाडापखाला जस्ता रोगको संक्रमण बढेको देखिन्छ । यो कृत्य मानवीय व्यवहार होइन भन्ने हाम्रो ठहर छ । नागरिकको अभिभावक, मानवअधिकारको संरक्षक एवं सम्बद्र्धक स्थानीय सरकार बुटवल उपमहानगरपालिका विवेकशुन्य बन्नु हुँदैन, थप जिम्मेवार, संबेदनशील र मानवअधिकार प्रति उत्तरदायी बन्न आग्रह सहित पीडितहरूको तत्काल औषधी उपचार गर्न, दैनिक जिविकोपार्जन गर्न अत्यावश्यक खाद्य सामाग्री उपलब्ध गराउन, बालबालिकालाई विद्यालय जाने वातावरण बनाउन र बसोबासको यथोचित प्रबन्ध मिलाउन जोडदार अपिल गर्दछौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*