नेपाल अभिभावक महासंघ प्रदेश ५ को अध्यक्षमा गुल्मिका थापा निर्वाचित

खबरपथ संवाददाता
८ असार २०७६, आईतवार ०८:४१

अर्जुन खत्री,

बुटवल । नेपाल अभिभावक महासंघ प्रदेश न:५ को हिजो बुटवलमा एक कार्यक्रमको आयोजना गरि नया पदाधिकारी गठन गरिएको छ।

नेपाल अभिभावक महासंघ केन्द्रिय सदस्य पुर्णचन्द्र पाण्डेको अध्यक्षता र महासंघका केन्द्रिय संयोजक धर्मदत्त देवकोटाको प्रमुख आतिथ्यतामा प्रदेश न ५ का १२ जिल्लाका प्रतिनिधिहरुको उपस्थितिमा ३१ सदस्यीय नेपाल अभिभावक महासंघ प्रदेश न ५ गठन गरिएको हो ।  महासंघको अध्यक्षमा गुल्मिका हेमबहादुर थापा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा अर्घाखाँचीबाट राम बहादुर रायमाझी , महिला उपाध्यक्षमा रुकुमबाट दिलकुमारी मल्ल, सचीवमा रुपन्देहीबाट झबिन्द्र प्रसाद पौडेल, महिला सचिबमा रुपन्देहीबाट जया पौडेल , कोषाध्यक्षमा दाङबाट रामप्रसाद गैरे र सहसचिवमा बर्दियाबाट निरञ्जन चौधरी सहित ३१ सदस्यीय पदाधिकारी निर्वाचित भएका छन।

नवनिर्वाचित पदाधिकारीलाइ प्रमुख अतिथी तथा केन्द्रिय संयोजक धर्मदत्त देवकोटाले सपथ ग्रहण गराउदै अभिभावकहरुको हकहितका लागी सवै पदाधिकारीलाइ लाग्न आग्रह गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो। केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रममा राम बहादुर रायमाझी ,पुर्णचन्द्र तिवारी,भक्तीराम पन्थी लगायतले नवनिर्वाचित प्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन महासंघका रुपन्देही जिल्ला सचीव हेमबहादुर थापाले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*