
सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सैनामैना । रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.६ कलौनीमा गयराति करिब १२ः३० बजेको समयमा महेन्द्रनगरबाट काठमान्डौ तर्फ जादैँ गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक र सवार एक जनाको मृत्यू भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए ।
मोटरसाइकललाई बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लाग्यो र मोटरसाइकलमा सवार अन्दाजि २०–२५ वर्षका दुुई युवकहरु जल्दा उनीहरुको पहिचान समेत हुन सकेको छैन्”।
मृतक दुवै जनालाई पोष्टमार्टमका लागी बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । ठक्कर दिने बस सहित चालक सालझण्डी प्रहरीको नियन्त्रणमा रहेको छ ।
घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।