औद्योगिक व्यापार मेलामा दीपक बज्राचार्य एण्ड रिदम व्याण्डको धमकेदार प्रस्तुती
मेलामा स्टेज चढेसंगै दर्शककाे हुटिङ् र तालीकाे साथ पाएका बहुचर्चित गायक दीपकले गायन करियरकाे सुरुदेखिका गित गायर दर्शकलाई पनि भरपुर मनाेरञ्जन प्रदान गरे । दीपक र उनकाे द रिदम व्याण्डले हजाराैं दर्शकले भरिभराउ बुटवल मण्डपकाे शन्ध्याकालिन साँझलाई संगितमय बनाएकाे थियाे ।
त्यस अवसरमा उनले म कुनै रितु हाेईन, कालिकालि हिस्सी परेकी लगायतका थुप्रै गित गाए । शुक्रबार मेलामा दीपक बज्राचार्य एण्ड द रिदम व्याण्ड सहित लोक तथा दोहोरी गायिका सर्मिला विसी, विन्दु परियार, रामेश्वर ढकाल लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।
त्यस्तैगरी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, खुला लोक दोहोरी गित प्रतियोगिता र भ्वाईस अफ बुटवल, डान्स च्याम्स अफ बुटवल प्रतियोगिता भएका छन् ।
त्यसैगरी भोली (शनिबार) लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, दामोदर बस्याल, शिलु भट्टराई, योगराज पोखरेल, गणेश अधिकारी, हास्य कलाकार कमल भट्टराई र विजय बमरेल तथा डान्सर निष्ठा पुन र मनिसा बस्यालको प्रस्तुती रहनेछ ।
त्यस्तै खुला लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता तथा भ्वाईस अफ बुटवल लगायतका प्रतियोगिता हुने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित यहि पुसको ३ देखि १८ गतेसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल छन् । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भईरहेको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दीपक चापागाईले जानकारी गराउनु भयो ।