
प्रदेश ५ को आर्थिक बर्ष २०७६ ÷ ७७ को बजेट पारित
खबरपथ संवाददाता
९ असार २०७६, सोमबार १६:११

बुटवल । प्रदेश ५ सरकारको आर्थिक बर्ष २०७६ ÷ ७७ को बजेट पारित भएको छ ।
आज बसेको प्रदेश सभाको बैठकको बहुमतले बजेट पारित गरेको हो ।
प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोख्रेलले गत असार १ गते ३६ अर्ब ४१ करोडको बजेट सभामा पेस गर्नुभएको थियो ।