लायन्स क्लव अफ शंकरनगरको स्थापना दिवसमा पदस्थापना र सम्मान

खबरपथ संवाददाता
९ असार २०७६, सोमबार १६:१९

बुटवल । लायन्स क्लवअफ शंकरनगरको आठांै स्थापना दिवस तथा बर्ष २०१९–२०२० को पदस्थापना र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ शंकरनगरका अध्यक्ष श्रवणकुमार जैसवालको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश पाँचका बन, वातावरण तथा प्रर्यटन मन्त्री लिला गिरीले शंकरनगर लायन्स क्लवले गरेका सामजिक कार्यको प्रसंसा गर्नुभयो ।
गलत बाटोमा हिडेका युवाहरुलाई सहि बाटोमा ल्याउन आग्रह गर्दै मन्त्री गीरीले त्यसमा पनि लायन्समा लागेका उद्यमशिल युवाहरुको भुमिका अझबढी हुनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा लायन्स क्लव अफ ३२५ वि, टु नेपालका भुपु गर्भनर सुनिल वझाले लायन्स क्लवअफ शंकरनगरले छोटो समयमा उष्कृट काम गरेको भन्दै प्रसंसा गर्नुभयो । गर्भनर वझाले आफुले क्लबले गरेका हरेक सामाजिक कार्य नियालेर हेरीरहेको र सफताका साथ ती काम सम्पन्न गरेको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लव अफ संकरनगरले स्पोन्सर गरेको लायन्स क्लव अफ भलवाडीको सुभारम्भ समेत गरिएको थियो । जसको नेतृत्व लायन्स विनोद ढकालले गरेका छन् । कार्यक्रममा बर्ष १८,१९ मा उल्लेख्य योगदान पुराउने लायन्स, तथा लायन्स क्लव अफ शंकर नगरका संस्थापकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष श्रवण कुमार जैसवालले बर्षभरी गरेका कामको प्रगति बिवरण प्रस्तुत गर्दै आफ्नो कार्यकालमा सवैको सहयोगबाट उल्लेख्य काम गर्न सफल भएको बताउनुभयो । उहाँले दन्त एक्सरे मेसिन ल्याएर संचालमा ल्याउनु, दन्त क्लीनिकको सुभारम्भ, सरसफाइमा योगदान पुराउने डस्टवीन वितरण, विद्यालयमा निशुल्क दन्त स्वाथ्य शिविर लगायतका काम गरेको पनि जानकारी दिनुभयो ।


कार्यक्रममा लायन महेन्द्रनारायण श्रेष्ठ लायन अरुणप्रताप थापा, किरण खरेल लायन उमङ्ग देवकोटा, अर्जुमान सैंजु, लक्ष्मण अर्याल , रुपन्देही उधोग संघका पुर्व अध्यक्ष तेजकुमार पाठक, तामनाथ पाण्डे ,दधिराम गौतम बाबुराम अर्याल,राम गिरी, डाक्टर नेत्रप्रसाद भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा लायन्स बर्ष हिरोको अर्वाडले लायन्स क्लफ शंकरनगरका कोषाध्यक्ष प्रकाश आत्रेयलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष श्रवणकुमार जैसवालले बर्ष १९,२०का अध्यक्ष दिपक भण्डारीलाई पद हस्तातरण गरेका थिए । कार्यक्रममा सास्कृतिक प्रस्तुति पनि गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*