शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एजीएम आज
काठमाडौ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शुक्रबार वार्षिक साधारण सभा बस्दैछ । बैंकले लाभांश प्रस्ताव पारित गर्न आज सभा बोलाएको हो ।सभामा बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
सञ्चालक समितिमा संस्थापकका तर्फबाट ३ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि बैंकले पुस ३ गते बुक क्लोज गरेको छ । तसर्थ, पुस ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा. लि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।