बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत

समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु
खबरपथ संवाददाता
९ असार २०७६, सोमबार १६:३५

बुटवल ।
शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको आज सुरु पाँचौं नगरसभामा आव २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गर्नुभयो ।
‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालिन उद्देश्यका साथ आएको नीति तथा कार्यक्रममा पूर्वाधार तथा पर्यटन, कृषि र उद्योग–व्यापारका थप सम्भावनाहरुको विकासलाई प्राथमिकतामा राखिएको छ । गत आवहरुमा सुरु भएका वहुवर्षीय योजनालाई तीव्रताका साथ अगाडि बढाउने र एकीकृत सहरी विकास गुरुयोजनाका थप कामहरु आगामी आवमा अगाडि बढाइने भएको छ । नीति कार्यान्वयन गर्न आवश्यक पर्ने कार्यविधिहरु आ.व. २०७६÷०७७ को भाद्र महिना भित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने भएको छ  । नीति कार्यव्रmमहरु सफलता पूर्वक कार्यान्वयन गर्न सकिएमा मुलुकले अगाडि सारेको ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ को महायात्रा ‘सम्वृद्ध बुटवल सुखी बुटवलबासी’ को अभियानमा थप इट्टा थप्दै हामीले परिकल्पना गरेको ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’को लक्ष्य प्राप्त गर्न सकिन्छ र पर्यटन, कृषि, उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य तथा यातायात र सञ्चारको हवको रुपमा बुटवललाई स्थापित गर्दै जान सकिन्छ भन्ने दृढ विश्वास लिएको प्रमुख सुवेदीले बताउनुभयो ।
मेगा सिटीको अवधारणा
बुटवल उप–महानगरपालिका र आसपासका नगर तथा गाउँपालिकाहरुसँग समन्वय र सहकार्य गर्दै यस क्षेत्रलाई मेगा सिटीको रुपमा विकास गरिने भएको छ । मेगासिटीको आधार तयार पार्ने काम यसैवर्षदेखि नै सुरु गरिनेभएको छ । समग्र नगर क्षेत्रका सार्वजनिक जग्गाको पहिचान तथा लगत तयार गरी संरक्षण गर्न वडा समिति र समुदायलाई थप जिम्मेवार र सव्रिmय बनाइने बुटवलले नीति लिएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका अव्यवस्थित बसोवासको लगत संकलन गर्दै जग्गा नाप जाँच गरी अभिलेखिकरण गरिने भएको छ । नापजाँच र अभिलेखिकरणमा असुरक्षित ठाँउ र अवस्थाको बसोवासलाई स्थानान्तरण गरी आवश्यक व्यवस्था मिलाइने भएको छ ।
वनलाई जिविकोपार्जनसंग जोडिने, रामापिथेकश जिओलोजिकल र बोटानिकल गार्डेन बनाइने
बुटवलले यहाँका वनहरुलाई थप संरक्षण र सम्बद्र्धन गर्दै नागरिकको जीविकोपार्जन संग जोड्ने भएको छ । त्यसका लागि वन क्षेत्रहरुमा अध्यय्न तथा अनुसन्धान केन्द्र हुँदै पर्यापर्यटनका रुपमा विकास गरिने भएको छ । संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा शिवनगर सामुदायिक वन क्षेत्रमा रामापिथेकश जिओलोजिकल पार्क र सिद्धबाबा धार्मिक बनलाई रामापिथेकश बोटानिकल गार्डेनको रुपमा विकास गरिने भएको छ । बुटवलले ‘एक घर–दुई विरुवा तथा एक वडा–एक हरियाली पार्क’ कार्यव्रmमलाई सञ्चालन गर्दै आएको छ । बुटवलमा २० वटा सामुदायिक वन रहेका छन् । बुटवलले पानीका मूल जोगाउन र जमिन मुनीको पानी रिचार्ज गर्न यी वनहरुमा पोखरी निर्माण गरिरहेको छ । गत वर्षदेखि सुरु भएको कार्यक्रम आगामी वर्षपनि निरन्तर रहने छ ।
पर्यटन प्रवद्र्धन बोर्ड गठन गरिने
बुटवल ऐतिहासिक पर्यटकीय नगरी पनि हो । यहाँको पर्यटन विकासका लागि बुटवल उपमहानगरले विशेष नीति बनाउने भएको छ । क्याम्पसहरुको सहकार्यमा टुरिष्ट गाइड उत्पादन गर्ने कार्यक्रम पनि तयार गरिने भएको छ । बुटवलको पर्यटनका लागि यहाँका वन र जल सम्पदालाई एउटा माध्यमका रुपमा लिइएको छ । तिनाउ नदीको संरक्षण र सम्बद्र्धन गर्दै तिनाउ जलाधार संरक्षण क्षेत्र बनाइने भएको छ । तिनाउ जलाधार संरक्षण योगदान कोष गठन गरि सहकार्यमा कार्यक्रम सञ्चालन गरिने भएको छ । “हाम्रो बुटवल सुरक्षित बुटवल” लाई साकार पार्न तिनाउ नदीमा तटबन्ध सहितको तिनाउ करीडोर निर्माण गर्न संघीय सरकारसँग सहकार्य गरिनेछ ।
जलपर्यटन विकासको लागि उपयुक्त स्थानमा सम्भाव्यता अध्ययन सुरु भएको नीति कार्यक्रममा उल्लेख छ । केवलकार, स्तरीय होटल सञ्चालन जस्ता पर्यटन पूर्वाधारमा निजी क्षेत्रको लगानी आर्कषित गर्न आवश्यक सहजिकरण गरिने भएको छ । बुटवलदेखि वसन्तपुर र ऐतिहासिक नुवाकोटगढीसम्म केवलकार सञ्चालनको प्रक्रिया अगाडि बढेको छ । पर्यटन सूचना केन्द्रको स्थापना गर्ने तथा बुटवलको पर्यटन परिचय पुस्तक प्रकाशन गरिने भएको छ । संघ÷प्रदेश सरकारको सहकार्यमा जितगढी किल्लाको संरक्षण, हिलपार्कमा विशाल बुद्ध मूर्ति स्थापना र जितगढी युद्ध सँग्राहलय निर्माण तथा पुरानो बटौलीको मौलिक पहिचान स्थापित गर्न गुरु योजना तयार गरी कार्यान्वयनमा ल्याई पर्यटकीय स्थलको रुपमा विकास गरिनेछ ।
आधुनिक बधशालाको निर्माण यसै वर्षदेखि, कृषिलाई प्राथमिकता
बहुप्रतिक्षित पशु बधशाला निर्माणका लागि यसैवर्षदेखि काम सुरु हुने भएको छ । यस्का लागि बुटवलले प्रदेश सरकारसँगको संयुक्त लगानी र निजी तथा गैर सरकारी क्षेत्र समेतको सहकार्यमा डीपीआर तयार पारेको छ । बुटवलमा बन्ने बधशाला प्रदेश स्तरको हुने छ । यसै वर्ष आधुनिक पशु बधशाला निर्माण कार्य प्रारम्भ गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । बुटवलले नगरको आर्थिक विकासको मुख्य आधारका रुपमा कृषिलाई लिएको छ । यस्का लागि कृषि उत्पादन, दुग्ध उत्पादन र मासुजन्य उत्पादनका लागि उत्पादक सहकारीसँगको सहकार्यमा कार्यव्रmमहरु सञ्चालन गरिने भएको छ । एक वडा एक उत्पादनको नीति अनुरुप उत्पादित वस्तु तथा सेवालाई बजारीकरण गर्नसमेत बुटवलले सहयोग गर्नेभएको छ । शहरी क्षेत्रमा विषादी रहित ताजा तरकारी उत्पादन कार्यक्रमका लागि कौसी खेती प्रवद्र्धन तथा पुष्प खेती कार्यक्रम संचालन गरिने भएको छ । कृषि विकास “के पाइन्छ होइन के चाँहिन्छ” भन्ने नीति अनुरुप मागमा आधारित कृषि कार्यव्रmम सञ्चालन गरिने भएको छ ।
तीन वर्ष भित्र बेरोजगारी शून्य बनाइने 
बुटवललाई तीन वर्ष भित्र बेरोजगारी–शुन्य नगर बनाउने लक्ष्यका साथ बेरोजगार शुन्य नगरको रुपमा अघि बढाइने भएको छ । यसको लागि रोजगारी सिर्जना गर्ने संस्थाहरुको लगत संकलन गर्ने, ति संस्थाहरुलाई चाहिने उचित प्रोत्साहनको आवधिक मापन गर्ने र त्यसलाई प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा संकलित बेरोजगारको तथ्यांक सँग राखेर उचित नीति नियम तर्जुमा गरिने भएको छ । नगरभित्रको रोजगारिको स्थिति सम्बन्धी तथ्यांक नियमित अद्यावधिक गर्दै प्रकाशितसमेत गरिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यव्रmमलाई नगरमा रोजगारी सिर्जनाको महत्वपूर्ण अवसरको रुपमा लिई न्यूनतम रोजगारीको सुनिश्चितता गरिनेछ । बुटवलले मेयर युवा इलम कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रम अन्तर्गत युवालाई सिप सिकाउँदै कामको अवसर दिइँदै आएको छ । गरिब घर परिवारको पहिचान गर्ने मापदण्डको आधारमा नगरभित्रका सम्पूर्ण गरिब परिवारको तथ्यांक तयार गरिने भएको छ ।
बुटवललाई लगानीको गन्तब्य बनाएर रोजगारी सिर्जना गर्न नगरस्तरीय ‘डूइङ बिजनेश’ को स्कोर रिपोर्ट गरिने भएको छ । यहाँका साना तथा मझौला उद्योगहरुलाई छिमेकका उद्योगको सामान आपूर्तिकर्ता बन्न आवश्यक नीतिगत सहयोगको अध्ययन गरिने भएको छ  । उद्यम विकासमा महिलाहरुको भूमिका अभिवृद्धि गर्न र उद्यमी महिलालाई प्रेरित गर्न उप–प्रमुख महिला उद्यमशिलता तथा प्रोत्साहन कार्यव्रmम सञ्चालन गरिने भएको छ । बुटवल १२ स्थित ज्यामिरे बस्तीको स्थानान्तरण सम्बन्धमा अध्यय्न गरिने भएको छ ।
महिला, शिशु र ज्येष्ठ नागरिक
‘श्रमिक महिलाहरुको आवश्यकता र शिशुको स्याहार पाउने हक’ लाई ख्याल गर्दै नगरक्षेत्र भित्र कम्तीमा २५ सिट क्षमताको शिशु स्याहार केन्द्र सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई प्रोत्साहन गरिने भएको छ । आश्रय आवश्यक पर्ने पीडित बालबालिकाहरुको लागि सुरक्षित आवासको व्यवस्था मिलाइनेछ । निकृष्ट प्रकारको वालश्रमलाई निषेध गरिने भएको छ । ज्येष्ठ नागरिकहरुको दिनचर्यालाई सहज र सव्रिmय बनाउन “ज्येष्ठ नागरिकः एक वडा, एक मिलन केन्द्र” सञ्चालनका लागि विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरिनेछ । नगरबाट प्रदान गरिने सेवाहरुमा असाहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अशक्तलाई सेवामा अग्राधिकार दिइने भएको छ ।
प्राविधिक शिक्षामा जोड
बुटवललाई शैक्षिक क्षेत्रको हवको रुपमा विकास गर्ने तथा बुटवलमा इन्जिनियरिङ कलेज स्थापना गरी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न प्रथम चरणमा बुटवल टेक्निकल इन्स्टिच्यूटको पूनःसंरचनामा जोड दिदै संघ, प्रदेश तथा विकास साझेदारहरुको सहकार्यमा प्राविधिक शिक्षालाई अगाडि बढाइने भएको छ । बुटवल बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्व विद्यालयको केन्द्रीय क्याम्पसको रुपमा  विकास गर्न संघ तथा प्रदेश सरकारसँग सहकार्य गरिने भएको छ । बुटवल बहुमुखी क्याम्पसमा रामापिथेकस सामाजिक प्रयोगशाला स्थापना गर्न संघ तथा प्रदेश सरकारसँग समन्वय गरिने भएको छ । लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्व विद्यालयको रुपमा स्थापना गर्न आवश्यक जग्गा व्यवस्थापन सहित संघ तथा प्रदेश सरकारसँग सहकार्य गरिने बुटवलको नीति कार्यक्रमम रहेको छ । नगरका १९ वटै वडामा १÷१ वटा नमूना बालविकास केन्द्र र १÷१ वटा नमूना आधारभूत विद्यालय व्रmमशः विकास गरिनेछ । विद्यालय शिक्षा प्रणालीलाई प्रविधिमा आधारित बनाउन यस बर्ष ४ वटा विद्यालयहरुमा नमूना डिजिटल कक्षा सञ्चालन गरिनेछ । बुटवलको शैक्षिक विकासमा संस्थागत विद्यालयहरुबाट समेत भएको योगदानको उच्च मूल्यांकन गरिनेछ ।
लगानी सम्मेलन गरिने
लगानीमैत्री व्यवसाय प्रर्वद्धनका लागि तथा सार्वजनिक निजी साझेदारी अन्र्तगतका आयोजनाहरुका लागि लगानी सम्मेलनको आयोजना गरिने भएको छ । व्यवसायिक प्रतिष्ठान तथा कम्पनीहरुको सहयोगमा नगरमा छुट्टै ‘सामाजिक उत्तर दायित्व कोष’को स्थापना गरिने भएको छ । उक्त कोषको रकम सरोकारवाला समेतको सहभागितमा सञ्चालन गर्ने गरी कार्यविधि निर्माण गरिने छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गरी बनक्षेत्र भित्र स्टार लेभलका होटल तथा रिसोर्टहरु सञ्चालन गर्नका लागि सम्बन्धित प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिनेछ । नगरभित्र दुई सय जना भन्दा बढीलाई रोजगार दिने उद्योग तथा प्रतिष्ठानलाई सम्मान गरिने भएको छ । पूर्वाधार विकासमा निजी तथा वैदेशिक लगानी भित्र्याउनका लागि आवश्यक सम्पर्क र समन्वय तथा सहजिकरण गरिनेछ ।
पूर्वाधार विकासमा सहकार्य गरिने
अधुरा आयोजना, जनताको प्रत्यक्ष सरोकार सम्बोधन हुने, स्थानीय श्रम, सीप र स्रोतको प्रयोग हुने आयोजनालाई प्राथमिकतामा राखिएको छ । पूर्वाधार विकासमा बढि भन्दा बढि जनसहभागिता जुटाउन प्रतिस्पर्धामा आधारित जनसहभागिता मुलक पूर्वाधार विकास कार्यव्रmम सञ्चालन गरिने भएको छ । पूर्वाधार विकाससँग सम्बन्धित सडक यातायात, कृषि, सिंचाई, वैकल्पिक उर्जा, सेनेटरी ल्याण्ड फिल्ट साईट, खेल पूर्वाधार, खानेपानी, ढल निकास, पर्यटन पूर्वाधार, शैक्षिक पूर्वाधार, स्वास्थ्य पूर्वाधार, पार्किङ्ग स्थल÷पार्किङ्ग बिल्डीङ्गलगायतका सम्भावित क्षेत्रहरुमा निजी क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी परियोजनाहरु सञ्चालन गर्ने बुटवलले नीति लिएको छ । ‘हाम्रो सडक–हाम्रो सहभागिता, स्तरीय सडक–हाम्रो प्रतिबद्धता’ अनुरुप सडक सुधारका कार्यलाई निरन्तरता दिइनेछ । नगर क्षेत्रभित्र चक्रपथका लागि अति आवश्यकीय पूर्वाधार तयार गरी नगर बस सेवा सञ्चालनका लागि समन्वय गरिनेछ ।
घरैदेखि प्रकृत्ति छुट्टाएर फोहर व्यवस्थापन
बुटवलले जथाभावी फोहर फाल्न रोक लगाएको छ भने घरैदेखि फोहरको प्रकृत्ति छुट्टाएर व्यवस्थापन गरिने भएको छ । यस्का लागि सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहित गरिने भएको छ । जैविक फोहरवाट घरैमा कम्पोष्ट मल बनाउन प्रेरित गरी गमला, कौशी, छत, करेशावारीमा तरकारी खेती गर्न प्रोत्साहित गरिनेछ ।
सामुदायिक वनहरुसँगको सहकार्यमा कम्पोष्ट प्लान्ट स्थापना गरिने भएको छ । हरित नगर बुटवलको नारालाई सार्थक बनाउन सडक किनारहरु, विद्यालय परिसर सिंचाइ नहरका किनारलगायतका सम्भाव्य स्थानहरुमा फलफूलका बिरुवा वृक्षारोपण गरिने भएको छ । उक्त कार्यका लागि टोल विकास संस्थाहरुलाई सव्रिmय बनाइने निजी क्षेत्रसंग सहकार्य गरिने भएको छ ।
बजार क्षेत्रमा मोवाइल शौचालय व्यवस्थाका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ । औद्योगिक, अस्पतालजन्य र रासायनिक फोहरको व्यवस्था सम्बन्धित पक्षले नै गर्नुपर्ने कार्यलाई कडाईका साथ लागु गरिनेछ, सो को लागि आवश्यक सहयोग गर्ने भएको छ । प्लास्टिक झोला निरुत्साहित गर्दै व्रmमशः कपडाको झोला उत्पादन र प्रयोगमा जोड दिइएको छ । उपप्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा नगर सभामा प्रमुख सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*