बिप्लवको बन्दको कारण जनजीवन प्रभावित

खबरपथ संवाददाता
१० असार २०७६, मंगलवार ०८:०७

बुटवल । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि रुपन्देही सहित देशैभर परेको छ ।

बन्दका कारण रुपन्देहीको बुटवल, भैरहवा, परासी, तौलीहवा लगायतका अन्य स्थानबाट छोटो तथा लामो दुरीका गाडी छुटेका छैनन । फाटफुट रुपमा निजी दुईपाङग्रे गाडी र अटो तथा इरिक्सा मात्रै सडकमा चलेका छन् । बिहानी समयमा सञ्चालन हुने शिक्षण सस्थाहरु पनि सञ्चालन भएका छैनन ।

सडकमा बन्दकर्ता नदेखिएपनि सार्वजनिक यातायात चलेका छैनन् । फाटफुट रुपमा निजी दुईपाङग्रे गाडी र अटो तथा इरिक्सा मात्रै सडकमा गुडेका छन् । बन्दबाट क्षति नहोस् भन्नकालागि चोक चोकमा सुरक्षाकर्मीहरु खटाइएको छ ।

सर्लाहीमा आफ्नो पार्टीका  जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको बिरोधमा बिप्लव नेतृत्वको पार्टीले आज नेपाल बन्दको आब्हान गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*