सुन १५ सयले घटदा चाँदीको भाउँ भने स्थिर

खबरपथ संवाददाता
२१ पुष २०८१, आईतवार १२:३२

काठमाडौं। साताको पहिलो दिन सुनको भाउ घटेको छ। आज मात्रै सुनको भाउ प्रतितोला १५ सय रूपैयाँले घटेको हो।

गत शुक्रबार  प्रतितोला एक लाख ५३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आज भने एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ ।

साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज पनि शुक्रवार झै चाँदी प्रतिताेला १ हजार ८१० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु