शनिबार मायादेवि गाउँपालिकाको संयुक्त आयोजनामा गाउँपालिकाको सभाहल, बरेवामा सम्पन्न निशुल्क स्वास्थ शिविरमा रोटरी इ- क्लब अफ मेडिकोफ्युजन हाइब्रीड नेपालबाट नाक कान घाटी विशेषज्ञ डा.सुमन पौडेल, इन्टरनल मेडिसिन विशेषज्ञ डा. यादव अर्याल र अर्थोपेर्डिकस विशेषज्ञ डा. प्रीस क्षेष्ठले स्वास्थ सेवा प्रदान गर्नु भएको थियो । भने शिविरबाट करिब १७६ पालिकावासीहरु सेवा लिएका थिए।
उक्त कार्यक्रममा रक्तदानको लागि उल्लेखनीय संख्यामा रक्तदाताहरुको उपस्थिति रहेको थियोे । रक्तदानको लागि रक्तसंचार केन्द्र बुटवलले प्राबिधिक सहयोग गरेको थियो ।
कार्यक्रम मायादेवि गाउँपालिकाका पालिका प्रमुख ध्रुर्व नारायण चौधरीको अध्यक्षता, नेपाल नियमित रक्तदाता संघका केन्द्रिय अध्यक्ष दया बहादुर सिलवालको प्रमुख आतिथ्यता र संघका केन्द्रिय सल्लाहकार राजकुमार क्षेष्ठको विशेष्ठ आतिथ्यतामा सम्पन्न भएको थियोे । भने उक्त कार्यक्रममा नाक कान घाटी विशेषज्ञ डा.सुमन पौडेल, इन्टरनल मेडिसिन विशेषज्ञ डा. यादव अर्याल, अर्थोपेर्डिकस विशेषज्ञ डा. प्रीस क्षेष्ठ, रुपन्देही जिल्ला अध्यक्ष अशेष सिलवाल, उपाध्यक्ष भास्कर शाही, केन्द्रिय सदस्य बुद्धि ज्ञवाली, वडा नम्बर ३का वडा अध्यक्ष, पालिकाका स्वास्थ शाखा प्रमुख प्रभुनाथ चौधरी र पालिकाका अन्य कर्मचारीहरु लगाएतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा “मानवीय सेवामा समर्पित अभियान”को बारेमा जानकारी दिदै जिल्ला शाखाका अध्यक्ष अशेष शिलवालले रुपन्देही जिल्लामा हरेक दिन १००-१२० युनिट रगतको आवश्यकता रहने हुदा रगतको परिपुर्तिलाई अभियानले पालिका स्तरिय रक्तदान कार्यक्रमलाई अघि सारि रगततत्वहरुको अभावलाई परिपुर्ति गर्न जनमानसमा रक्तदान सम्बन्धि सचेतना अभिवृद्धि गर्ने, जिल्लाका ग्रामीण क्षेत्रमा उचित स्वास्थ सेवाबाट बन्चित बासिन्दाहरुमा रक्तचाप, मधुमेह, नसारोग, मानसिक स्वास्थ, नाक कान घाटी, हाडजोर्नी सम्बन्धि लगाएत विभिन्न स्वास्थ समस्याहरुको लागि निशुल्क स्वास्थ परामर्श, स्वास्थ उपचार सेवा र औषधि वितरण गर्ने मुल उद्देश्यका साथ रोटरी इ- क्लब अफ मेडिकोफ्युजन हाइब्रीड नेपालबाट १८ विशेषज्ञ चिकित्सक सहित जिल्लाका १६ वटा पालिकाहरुमा हरेक हप्ता एक पालिकासङ्ग सहकार्य गरेर १६०० युनिट रगत संकलन गर्ने लक्ष्य सहित अभियानले साप्ताहिक ब्यापि निशुल्क स्वास्थ शिविर सहितको रक्तदान कार्यक्रम संचालन गर्ने बताउनु भयो ।
पालिका अध्यक्ष चौधरीले आफ्नो मन्तव्यमा पालिकाले गत आर्थिक बर्षमा २८५ युनिट रगत पालिकाबासीलाई निशुल्क गराएको कुरा स्मरण गर्दै यस्ता प्रकारका रक्तदाता अभिवृद्धि तथा रक्तदान सम्बन्धि सचेतना मुलक कार्यक्रम तथा रक्तदान कार्यक्रमले पालिकाबासीहरुमा थप रक्तदान गर्न उत्प्रेरणा गर्ने भन्दै नेपाल नियमित रक्तदाता संघ र जिल्ला शाखा रुपन्देहीलाई धन्यवाद ज्ञापन गर्नु भयो। साथै “मानवीय सेवामा हातेमालो अभियान” अन्तरगतको तेस्रो नि:शुल्क स्वास्थ्य शिविर सहितको रक्तदान कार्यक्रम पुसको २७ गते शनिबार कोटहिमाई गाउँपालिकामा आयोजना गरिने अध्यक्ष अशेष सिलवालले जानकारी दिनुभयो ।